काठमाण्डाै – विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो ।
प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ ।








