Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाण्डौ – अब अमेजन र नेटफ्लिक्सजस्ता प्लेटफर्मका लागि नेपालबाटै डलर भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै डलर खाता नभएपनि ‘क’ र ‘ख’ वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हालसम्म डलर खाता भएकाले मात्रै विदेशमा भुक्तानी गर्न सकिने व्यवस्था थियो । राष्ट्र बैंकका अनुसार विदेशी सेवा तथा वस्तु आयात गरेबापत रकम भुक्तानीमा कठिनाई भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

योसँगै वाणिज्य बैंक र विकास बैंकले ग्राहकलाई ५ सय डलर बराबरको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । जसमार्फत सामाजिक सञ्जाल र अन्य अनलाइन कारोबारकाे डलरमा भुक्तानी गर्न सकिने छ ।

लामो समयदेखि सामाजिक सञ्जाल र अन्य अनलाइनको भुक्तानीमा समस्या भएको भन्दै गुनासो आउने गरेको थियो । त्यसैलाई मध्यनजर गरेर राष्ट्र बैंकले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएकाे हाे ।

तपाईको प्रतिक्रिया