Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले फिनटेक प्रालिलाई ‘यात्रा कार्ड’ सञ्चालन गर्ने अनुमतिपत्र दिएको छ । सार्वजनिक सवारीको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्ने कम्पनीलाई राष्ट्र बैंकले सञ्चालन अनुमति दिएको हो ।

अब कम्पनीले फागुन १ गतेदेखि उपत्यकाका विभिन्न रुटमा चल्ने सवारीसाधनमा स्मार्ट कार्डमार्फत् भाडा तिर्ने व्यवस्थाको सुरुवात गर्ने जनाएको छ । कम्पनीका अनुसार त्यसका लागि सबै तयारी पूरा भइसकेको छ ।

पहिलो चरणमा फागुन १ गतेदेखि उपत्यकामा चल्ने ७ वटा रुटमा इलेक्ट्रोनिक टिकेटिङ मेसिनको माध्यमबाट भाडा तिर्ने व्यवस्थाको सुरुवात हुनेछ ।

सो रुटमा पर्ने ३० वटा स्थानमा सो कम्पनीले अस्थायी बुथ स्थापना गरी कार्डको वितरण गर्ने, रिचार्ज गर्ने र ग्राहक सेवाको सम्बन्धमा जानकारी गराउने व्यवस्था गर्नेछ ।

उपत्यकाभित्र सञ्चालन हुने सवारीमध्ये ६ महिनाभित्र १ हजार र एक वर्षमा ५ हजार बसमा यस्तो सेवा उपलब्ध गराउने लक्ष्य सो कम्पनीले लिएको छ । कम्पनीले सेवा सुरुवात गरेका रुट प्रयोग गर्ने अधिकतम यात्रुलाई ‘यात्रा कार्ड’ वितरण जनाएको छ ।

त्यस्तै ६ महिनाभित्र अनलाइन बस टिकट बुकिङ्ग र बस ट्रयाकिङ वेभ तथा एप तयार गरी सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य रहेको छ ।

कार्ड मार्फत भाडा भुक्तानी गर्ने प्रणालीले यातायात क्षेत्रमा नयाँ युगको सुरुवात हुने र प्रविधियुक्त शहरको पहिचान कायम गर्न समेत सफल हुने विश्वास सो कम्पनीको विश्वास छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया