Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – ई-सेवाको माध्यमबाट अरुको खातामा रहेको रकम आफ्नो खातामा सार्ने एक युवालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका- ७ घर भइ भक्तपुरको ठिमी बस्दै आएका २१ वर्षीय अनिल थापा पक्राउ परेका हुन्।

थापाले खोटाङको ऐसेलुखर्क गाउँपालिका- ३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थली बस्ने ३८ वर्षीय प्रविन राज भण्डारीले प्रयोग गर्दै आएको सिमकार्डमा ई-सेवा लगइन गरेर भण्डारीको खाताबाट २७ हजार पाँच सय रुपैयाँ निकालेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।

गिरीका अनुसार धनबहादुर श्रेष्ठको नाममा रजिष्टर भएको सिम कार्ड भण्डारीले प्रयोग गर्दै आएका थिए। थापाले नेपाल टेलिकम भक्तपुर दुधपाटी कार्यालयमा गई नक्कली कागजातहरु पेश गरी सोही नम्बरको सिम कार्ड लिई उक्त नम्बरमा रजिष्टर रहेको ईसेवा खाताबाट ९ पुसमा २७ हजार पाँच सय रुपैयाँ ईसेवाकै माध्यमबाट आफ्नो खातामा पठाएर निकालेका हुन्।

ई-सेवाको माध्यमबाट अर्काको खाताबाट रकम निकालेको उजुरीको आधारमा उनलाई भक्तपुरबाटै पक्राउ गरिएको गिरीले जानकारी दिए।

प्रहरीले उनको कोठाबाट ट्यापटप, मोवाइल, विभिन्न बैँकका चेक, विभिन्न व्यक्तिका नागरिकता, शैक्षिक प्रमाणपत्र, विभिन्न व्यक्तिका पासपोर्ट साइजका तस्बिर लगायतका सामान बरामद गरेको छ। उनलाई ठगी अभियोगमा कारबाही अधि वढाइएको गिरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया