Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – अमेरिकाको उर्जा विभागले आफ्नो कार्यालयमा साइबार आक्रमण भएको जनाएको छ। अमेरिकी सरकारको कुनै पनि विभागमा भएको यो अहिलेसम्मकै ठूलो आक्रमण भएको पनि विभागले जनाएको छ।

उक्त विभाग परमाणु हतियारको रेखदेखका लागि जिम्मेवार भनिन्छ। तर, हतियार भन्डारको सुरक्षामाथि यो आक्रमणको कुनै प्रभाव नपरेको पनि बताइएको छ। प्रविधि कम्पनी माइक्रोसफ्टले पनि गएको बिहीबार आफ्नो प्रणालीमा खतरनाक सफ्टवेयर भेटिएको बताएको छ। यो आक्रमण रुसले गरेको आशंका अमेरिकाको छ। तर, रुसले यसलाई तुरुन्त अस्वीकार गरेको छ।

गएको आइतबार अमेरिकाको खजाना तथा वाणिज्य विभागमा साइबर आक्रमण भएको जानकारी बाहिर आएको थियो। अधिकारीहरुका अनुसार लगभग एक महीनाअघिदेखि यो आक्रमण भइरहेको थियो, जसबारे आइतबार मात्र पत्ता लागेको थियो।

अमेरिकाको सबैभन्दा ठूलो साइबर एजेन्सी साइबर सिक्योरिटी इन्फ्रास्ट्रक्चर एजेन्सी (सीसा) ले बिहीबार यो साइबर आक्रमणबाट उम्किन जटिल र चुनौतीपूर्ण रहेको जनाएको छ। सीसाका अनुसार यो आक्रमणमा महत्वपूर्ण ‘समीक्षात्मक संरचना’ क्षतिग्रस्त भएको छ। त्यस्तै संघीय एजेन्सी र निजी क्षेत्रका कम्पनीको सुरक्षामा क्षति पुगेको छ। यो क्षतिले गम्भीर खतरा उत्पन्न गरेको छ।

सीसाले यो ह्याकिङ मार्च २०२० बाटै शुरु भएको जनाएको छ। यसमा संलग्नहरुले धैर्य, सुरक्षा परिचालन र जटिल ट्रेडक्राफ्टको प्रयोग गरेका छन्। तर, यो आक्रमणबाट कुन सूचना चोरिएको छ भन्ने सीसाले पत्ता पाउन सकेको छैन।

यो आक्रमणबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रतिक्रिया जनाएका छैनन्। यता नवनिर्वाचित राष्ट्रपति जो बाइडनले भने साइबर सुरक्षा आफ्नो प्रशासनको सबैभन्दा ठूलो प्राथमिकता भएको बताएका छन्। बाइडनले भनेका छन्, “सबैभन्दा पहिला हाम्रा लागि विरोधीले गर्ने साइबर आक्रमणको रोक्नुपर्नेछ। यो हामी गर्ने नै छौँ। यस्तो आक्रमण गर्नेले ठूलो सजाय दिनुपर्नेछ र हामी हाम्रा सहयागी र मित्र देशसँग गठबन्धन गरेर काम गर्नेछौँ।”

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया