Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

 दुबई – वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुले मेहनेतसंग कमाएका पुंजीलाई सुरक्षित गदै ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा. लि. मा लगानी गरी शेयरको भागीदारी हुनलाई आवहान गरेको छ । सन् २०११ मा देवमान हिराचनको अध्यक्षतामा ७ जना संयोजक रहने गरी स्थापना भई काठमाण्डौंमा दर्ता गरी विधिवत रुपमा संचालनमा ल्याइएको छ भने यसलाई विश्वव्यापीमा ल्याई विश्वमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई समेट्ने प्रयास गरिएको छ । विदेशमा रहेका नेपालीहरुले आफ्नो पुंजी सुरक्षित राखि ढुक्क भई आफैले पनि व्यावसाय गर्ने र अरुलाई पनि रोजगार दिएर देशको बेरोजगारीलाई न्यून गर्नलाई यो एउटा राम्रो सुरुवात पनि हो ।

सन् २०११ मा विधिवतसंग स्थापना गरी कमल पोखरी, काठमाण्डौमा कार्यालय भई ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा. लि. को दर्ता नं.८५१७५/०६८/०६९ रहेको छ । वर्तमान अवस्थामा देशमा कुनै पनि रोजगारीको व्यावस्था नभई युवा पिढी विदेशमा पलायन हुंदै गएको परिप्रेक्ष्यमा यस्ता खाले परियोजनाको पनि अहम भूमिका रहन्छ । खासगरी ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा. लि. अन्तर्गत परियोजनामा कृषि, टुरिज्म, होटल व्यावसाय, रेष्टुरेण्ट, ग्लोबल डिपार्टमेन्ट स्टोर, सोलर पावर, चुम्बकिय बिद्युत प्रणाली र आवास रहेको छ । अहिलेको मुख्य परिजोजनामा भने आवास र कृषिलाई प्राथमिकता दिएको छ ।

खाडी मुलुकको मध्येपूर्वलाई समेट्दै गत १९ अगस्त आइतबारका दिन दुबईको अलकुजस्थित बलदिया खेल मैदानमा बागलुङ सेवा समाज युएइ अन्तर्गत खेलकुद समितिको आयोजनामा भएको भलिवल खेल प्रतियोगिताको अवसरमा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा.लि.का बोर्ड अफ डाइरेक्टर कृष्ण ढकालको सभापतित्वमा उदघाटन गरेको छ । उदघाटनको सुरुवातमा सूवर्ण पौडेल (गप्तशेखर पौडेल), गोपाल कंडेल, शिवराज जैसी, पिताम्बर पाण्डे र कृष्ण भुसालले आफ्नो खाता खोली यस परियोजनाको शेयर होल्डर भई आफ्नो आगामी नेपालको भविश्य पलानलाई सुरक्षित गर्नुभएको छ । यो लगानी गरेको रकम बैंकमा सुरक्षित रहि पछि आफुलाई आवश्यक परेको खण्डमा फिर्ता लिन पाउने सहितको सुविधा भएको र व्यावसाय अन्तर्गत सबै सुविधाहरु सुलभ हुने र आफुले उत्पादन गरेको चिजलाई बजार व्यावसथापन समेत गरिदिने प्रावधान रहेको छ । यस अभियानको सुरुवातमा ७ लाख रकम जम्मा भएको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया