Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
लण्डन– ग्रिनवीच क्षेत्रमा रहेका विभिन्न एसियन समुदायका अग्रजहरुले आफ्ना कला संस्कृतिको जगेर्ना गर्न तथा समुदायबीच सम्बन्ध प्रगाढ बनाउन एसियन मेला आयोजना गरे ।
डायमण्ड जुब्ली एवं नजिकिंदै गरेको लण्डन ओलम्पिकको पुर्वसन्ध्यामा साउथइष्ट लण्डनमा आइतबार आयोजना गरीएको मेलाबाट एसियाको पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास लिइएको छ । एसियन म्युजीक फेस्टिवल नाम दिइएको मेला हेर्न ग्रिनवीच क्षेत्रका सयौं नेपाली, भारतीय, बंगाली लगायत अन्य देशका मानिसहरु भेला भएका थिए ।
कार्यक्रम सफल पार्न ग्रिनवीच क्षेत्रमा रहेका विभिन्न नेपाली समुदाय तथा भारतियहरुले सक्रिय भुमिका निर्वाह गरेका थिए । विलविचस्थित हाइली ट्रष्टेड साउथ लण्डन कलेजले प्रमोट गरेको एशियन मेलामा भट्टराई एण्ड को सोलिसिटर, मसला मार्ट र गोर्खा क्लवले स्टलहरु राखेका थिए ।
भव्य रुपमा नेपाली तथा हिन्दी गित संगितको संयोजन गरीएको कार्यक्रम नेपाल फोरम ग्रिनवीच, पासापुचा गुठी, नेपाली विजनेश एशोसियसन  लगायतका सस्थाहरुले संयोजन गरेका हुन । यसका अलावा अन्य एशियन मुलका समुदायहरुको पनि सहभागिता रहेको थियो ।
सधैंभरी विलविचपार्कको बिग स्क्रिनमा टेलिभिजन हेरेर बस्ने नेपालीहरुले सो दिन आफ्नै कला संस्कृतिले ओतप्रोत नेपाली गित संगितमा मनोरञ्जन लिए । विशेषगरी गोर्खा बृद्धबृद्धाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालमा लोकप्रिय रहेको भैरब नाच प्रस्तुत गरीएको थियो ।
त्यस्तै गुल्मी जिल्ला समाजको संयोजनमा रहेको पञ्चे बाजा सहभागि सबै नेपाली र अन्य समुदायका मानिसहरुको मन जित्न सफल भयो । पञ्चेवाजामा गाइएको देशप्रेम झल्कने दोहोरी  गितले सबैलाई नेपाल स्मरण गराएको थियो । सो अवसरमा जाउंजाउं रेलैमा बोलको गितमा नाचेका सुन्दरीहरुले सहभागि दर्शक दिर्घाको मन खिचेका थिए ।
सांगितिक माहौललाई अझ प्रगाढ पार्न बेलायतमा जम्दै गरेका कलाकारहरुको बेजोड प्रश्तुती रहेको थियो ।

तपाईको प्रतिक्रिया