Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

हङकङ – नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई हङकङमा रहेका नेपालीहरुले कालो झण्डा देखाएका छन् । नेपाललाई संविधान नबनाएको र एकल पहिचानसहितको संघीयता नस्वीकारेको भन्दै कालो झण्डा देखाइएको हो ।

एमाले हङकङ कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी एक समूहले ‘संघीयता विरोधी-मूर्दावाद’, ‘एकल पहिचानसहितको संघीयता-जिन्दावाद’ भन्ने नारा लगाउँदै कालो झण्डा देखाएका थिए ।

नाराबाजी गर्नेहरुले कार्यक्रमस्थल छाडेपछि नेता नेपालले आफूलाई एमालेभित्र आदिवासी जनजातिमैत्री नेता भएको दावी गर्दै ‘म जस्तोलाई नै विरोध गर्दा मेरो चित्त दुख्यो’ भन्दै नेता नेपालले ‘सबैले समान अवसर पाउनु पर्छ भनेर एमालेभित्र आफुले वकालत गरिरहेको छु,’ भन्नुभयो ।

संविधान निर्माणको लागि पहिला राजनैतिक दलहरुले समझदारीको दस्तावेज तयार गर्नुपर्ने र त्यसपछि उपयुक्त विकल्पको खोजी गर्नुपर्ने भन्दै उयुक्त विकल्प आए संविधान सभाको पुनर्स्थापना हुनसक्ने बताउनुभयो । अबको चुनाव संविधान सभाको नभएर संसद र स्थानीय निकायको मात्र हुनसक्ने दाबी गर्नुभयो । ***

तपाईको प्रतिक्रिया