Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

लण्डन । किरांत याक्थुङ चुम्लुङ युकेले याक्थुङ्बाहरुको पर्व सिसेक्पा तङनाम भव्यरुपमा मनाएको छ । बेलायतमा रहेका किरांतहरुले आइतबार फेल्थामस्थित कम्युनीटि कलेजको खुल्ला चौरमा भेला भई विभिन्न सांस्कृतिक नाचगान तथा खानपिनकासाथ सिसेक्पा तङनाम भब्यरुपमा मनाए ।

अति व्यवस्थितरुपमा भएको सिसेक्पा तङनाम किरांत याक्थुङ चुम्लुङ युकेका अध्यक्ष डम्बर लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो । एकमात्र जिवीत भिक्टोरीया क्रस विजेता रामबहादुर बेघा लिम्बुले उदघाटन गर्नुभएको कार्यक्रममा लिम्बुजातीहरुको कला र संस्कृति झल्काउने पहिरनमा सजिएका याक्थुम्बाहरुबीच के लाङ्ग (च्याब्रुङ्ग) नाच प्रतियोगिता समेत गराइएको थियो ।

पश्चिमेली सभ्यताको जननी बेलायतमा जन्मिएका बालबच्चाहरुलाई नेपालको जातिय कला संस्कृतिप्रति लगाव दिन यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । संस्थाका शाखाहरुको प्रतिस्पर्धा रहेको के लाङ्ग (च्याब्रुङ्ग) नाच प्रतियोगितामा फोक्स्टन, साउथवेष्ट लण्डन र ग्रेस क्रमश पहिलो, दोश्रो र तेश्रो भएका थिए । निर्णायकहरु अमृत तुम्बाहाम्फे, शेरबहादुर इस्पो लिम्बु, देउमान बखिम लिम्बु, शेरबहादुर याक्सो लिम्बु र दुर्गा पाङ्बा लिम्बु प्रतियोगिहरुलाई पहिलो, दोश्रो र तेश्रो घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै भिसी लिम्बुले बेलायतमा किरांती नेपालीहरुको बृहत भेला देखेर आफुलाई खुशी लागेको बताए । उनले विश्वको जुनै भुभागमा रहेपनि आफ्नो कला र संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाली राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माइला) अफ्नो उपलब्धि सबैको सबैको साझा उपलब्धि भएको बताए । लिम्बुवान संघिय परिषदका अध्यक्ष कुमार लिङ्देनले सर्वत्र लिम्बुवानको कुरा उठेको जानकारी दिए । लिम्बुवानको कुरा गर्दा आफुहरुले गोली खानुपरेको स्मरण गर्दै उनले लिम्बुवानको लागि मर्न बांच्न तयार रहेको बताए । लिम्बुहरुबीच २ विकल्प रहेको बताउंदै कि लिम्बुवान त कि लिम्बुवानका हत्यारालाई मायां गर्न सुझाव दिए ।  

कार्यक्रमका बारेमा जानकारी दिंदै अध्यक्ष डम्बर लिम्बुले १० औं सिसेक्पा तङनाम भव्य रुपमा सम्पन्न भएको बताए । बेलायतको विभिन्न स्थानबाट हजारौं याक्थुम्बाहरुको बलियो उपस्थितिले कार्यक्रमको शोभा बढेको लिम्बुले उल्लेख गरे ।

सो अवसरमा एनआएन युकेका अध्यक्ष कुल आचार्य, तमुधी युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, पूर्वमन्त्री मानबहादुर जगेबु, गायिका पार्वती राई, चण्डिराज राई, पांचथर समाज सेवा युकेका अध्यक्ष एकराज नेम्वाङ, डा चन्द्र लक्जम्बा, जनजाती महासंघ युकेका नरेश काङमाङ राई, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाली तथा बेलायती राष्ट्रिय गानसंगै शुरु भएको कार्यक्रममा स्थानीय कलाकारहरुले च्याब्रुङ नाच देखाएका थिए । संस्थाका उपाध्यक्ष बद्री योङ्गाको स्वागत मन्तव्यपछि संस्थाका तर्फबाट राष्ट्रिय व्यक्तित्व व्याकुल माइला, कलाकार पार्वती राई, परिषद्का अध्यक्ष कुमार लिङ्देन लगायतलाई संस्थाको तर्फबाट सम्मान गरीएको थियो । त्यस्तै सोहि कार्यक्रममा समाजका जेष्ठ नागरिकहरु, विभिन्न विधामा सफलता हासील गरेका विद्यार्थीहरु, शाखाका अध्यक्ष, संस्थाका पदाधिकारी तथा आजीवन तथा नयां बनेका सदस्यहरुलाई प्रशंसापत्र सहित खादा मालाले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा अध्यक्ष लिम्बु, भिसी बेघा लिम्बु र सल्लाहकार विजय प्रकाश थेवे सहभागि भएका थिए । संस्थाले स्थापना गरेका श्री जङ्घा, यलम्बरहाङ अवार्ड र के वाइ सी अवार्ड क्रमश सुवर्ण नेम्वाङ, खगेन्द्र लावती र लोकेन्द्र तबेबुङ ले प्राप्त गरेका थिए । महासचिव विजय लिम्बुले सञ्चालन गर्नुभएको कार्यक्रममा सचिव बिमला सेनेहाङ, नगेन्द्र नेम्वाङ लगायतले साथ दिएका थिए । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया