Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

दुबई । युर्एइस्थित नेपालीहरुद्वारा संचालित जातीय, धार्मिक, जिल्ला, अञ्चल, महिला, सामाजिक र भातृसंगठनहरु लगभग ८० वटा संघ संस्थाहरु संचालनमा रहेका छन् भने फेरी अर्को नयां संस्था स्थापना गर्ने हेतुले “खस आर्य समाज युर्एइ” को तदर्थ समिति गठन गरेको छ । सो तदर्थ समिति गठन गत ८ जुन शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा गरेको हो ।

विभिन्न संघ संस्थाहरुका प्रतिनिधि, महिला, समाजसेवी र पत्रकारहरु अतिथि रहेको भेलाको संचालन पत्रकार भुपुराज बस्यालले गरेका थिए । प्रकाश कोइरालाको शुभकामना मन्तव्यबाट औपचारिक रुपमा थालनी भएको भेलामा चन्द्रप्रसाद सापकोटा, चुडामणि ढकाल, चन्द्र रोकाहा, कृष्ण ढकाल, डीएल शर्मा, अर्चना बस्नेत रोकाहा, भुवानी तिमिल्सिना, कृष्ण भुसाल, शंकर ज्ञवाली र निमिष गिरीले आ-आफ्ना विचार राखेका थिए ।

उक्त भेलाले प्रकाश कोइरालाको संयोजकत्वमा १३ सदस्यीय “खस आर्य समाज युर्एइ” को तदर्थ समिति गठन गरेको छ । जसमा क्रमशः संयोजकमा प्रकाश कोइराला, सहसंयोजकमा भुपुराज बस्याल, गोपाल कंडेल र भुवानी तिमिल्सिना रहेका छन् भने अन्य सदस्यहरुमा भिमकुमार अधिकारी, नारायण शर्मा, सुजना गिरी, यादव अर्याल, दीपक शाह, गितामणि पाण्डे, केदारसिंह नेपाली, पिताम्बर पाण्डे र टेकनाथ खनाल चयन भएका छन् ।

यस समितिले तीन महिनाभित्रमा अझै बृहत् भेलाको आयोजना गरी पूर्ण कार्यसमिति गठन गर्ने भएको छ । प्रवासमा रहेका प्रवासी नेपालीहरुलाई आइपर्ने दुःख र समस्याको समाधान गर्ने हेतुले स्थापना गरेको समितिले युर्एइस्थित संचालनमा रहेका अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै लैजाने प्रतिवद्धता समेत गरेको छ । छिट्टै समिति गठन होस् र समिति गठन भएपछि यस संस्थाले चालेको हरेक कार्यलाई सफलता मिलोस् भन्दै उपस्थित अतिथिहरुले शुभकामना दिएका थिए ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया