Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

टोकियो–परदेशी गायकका रुपमा परिचित सूर्य खड्काले आफ्नो कर्मक्षेत्र जापानमा रहेको टोकियो रोधी घरमा भेट हुन आउनका लागि सबैलाई आग्रह गरेका छन् ।
रोधी घरमा आएर दोहोरी गाउंदै माया प्रेम गास्दै सँगै नाचेर रमाइलो गर्न हालै सार्वजनिक भएको गीति एल्बम ‘टोकियो रोधी घरैमा’ मार्फत आग्रह गरेका हुन् । ‘
टोकियो रोधी घरैमा भेट हुन आउ है सानु माया प्रेम गांसौला, सँगै नाचौला’ भन्दै गायक खड्काले परदेशमा रहेका सबै साथीभाइ, आफन्तजन र इष्टमित्रलाई कामको बोझबाट टाढा रहेर आफुसँगै केही समय दोहोरीमा रमाउनका लागि टोकियो रोधी घरैमा आउन भनेका हुन् ।

सर्जक दिपक कंडेलको शब्द गायक खड्काको लय तथा संगीतमा रहेको उक्त एल्बममा स्वर खड्का र पूर्णकला बिसीको रहेको छ । टोकियो रोधी क्लवमा छायाङ्कनका गरिकोए सो गीति एल्बममा गायक खड्का र सोना केसीको अभिनय रहेको  छ । गुराँस म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको सो गीत गायक खड्काको यु-ट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । ***

तपाईको प्रतिक्रिया