Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

पथरी –  पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ ।

यसरी सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहँदा जनताले पाउने स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको सेवाग्राहीको भनाइ छ । नयाँ चिकित्सकलाई करारमा नियुक्ति गर्दा जनताले स्तरीय सेवा नपाउने सेवाग्राही पप्पु मिश्राको भनाइ छ ।

उहाँ भन्नुहुन्छ– “नयाँ विद्यार्थीलाई नियुक्ति गर्यो काम गर्न जान्दैनन्, औषधि लेख्दा गल्ती गर्छन्, त्यसको शिकार जनता हुन्छन् ।” कोसी अञ्चल अस्पतालमा ५३ जना साधारण चिकित्सकको दरबन्दी छ ।

तीमध्ये ३० जना चिकित्सकमात्रै दरबन्दीमा कार्यरत रहेका छन् । करारमा नियुक्त भएका २२ जना चिकित्सक काम गर्दै आएका छन् । अस्पताल विकास समितिले नियुक्तिमा दुईजना काम गर्दै आएका छन् ।

अस्पतालमा कायम गरिएको दरबन्दीभन्दा बढी नै चिकित्सक कार्यरत रहँदासमेत सहज तरिकाले पाउनुपर्ने स्वास्थ्य उपचार सेवा नपाइएको सेवाग्राही ३४ वर्षीय सुभाष कामतको भनाइ छ ।

अस्पतालमा कायम गरिएको दरबन्दीमध्ये, १० भन्दा बढी ११आँै तहका चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले आठाँै तहको मेडिकल अधिकृतलाई करारमा नियुक्ति गरेर काममा खटाएको छ ।

अस्पतालमा १२ वटा विभाग रहेका छन् । ११ औं तहका दक्ष चिकित्सक विभागीय प्रमेुख हुने प्रावधान छ तर अस्पतालमा करारमा कार्यरत आठाँै तहको मेडिकल अधिकृतलाई विभागीय प्रमुखको जिम्मेवारी सुम्पिने गरेको छ । गत वर्ष अस्पतालमा रु छ करोड ४० लाख अनुदान आएको थियो । यसबाहेक अस्पताललाई टिकट, ल्याब, श्ययाको चार्जबापत करिब रु ६० लाख मासिकरुपमा आम्दानी हुन्छ ।

चिकित्सक कर्मचारीलगायत अस्पतालको भौतिक पूर्वाधारको नाममा रु ८० लाख मासिक खर्च भइरहेको छ । विसं १९४७ मा मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा सञ्चालन भइरहेको सो अस्पताल २०१३ सालमा विराटनगरमा सरेको हो । सुरुमा त्रिभुवन स्मारक अस्पतालको नाममा १० श्ययाबाट सेवा सुरु गरेको अस्पताल पछि कोसी अञ्चल अस्पतालका रुपमा परिणत भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेल देशभरिका सरकारी अस्पतालमध्ये कोसी अञ्चल अस्पताल हरेक हिसाबले सर्वसाधारणलाई सेवा दिने हिसाबले प्रभावकारी रहेको बताउनुभयो । उहाँका अनुसार आमा सुरक्षा कार्यक्रम कोसी अञ्चल अस्पतालकोजस्तो सेवा प्रभावकारी अरु कुनै अस्पतालमा छैन ।

उहाँले दावी गर्दै भन्नुभयो, “कोसी अञ्चल अस्पताल जत्तिको राम्रो र सबैका लागि पहुँच पुग्ने अरु कुनै अस्पताल छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया