Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समितिले हरेक बर्ष गर्दै आइरहेको लोक दोहोरी अवार्ड अहिले पाँचौं बर्षमा प्रबेश गरेको छ । अग्रजलाइ सम्मान, अनुजलाइ प्रोत्साहन भन्ने मुल नारा आगाडी सारेर २०६२ साल स्थापित उपत्यका समन्वय समितीले नेपाली लोक गित संगीतको संरक्षणमा उलेख्य भुमिका निर्बाह गरिरहेको छ ।

दोहोरिको पर्व को रुपमा दाजिने लोक दोहोरि अवार्ड को आउदो जेष्ठ ५ गते मनोनयन सार्बजनिक गर्ने भनिए पनि देशमा भयको स्थानायी चुनाबको कारणले दुइ दिन ( ८ गते ठिक १२ बजे प्रज्ञा भवन कमलादी मा) पछाडि धकेलियको हो ।

सम्पुर्ण तयारी पुरा भय पनि धेरै कलाकार र सस्थाका पदाधिकारीहरु पनि आफ्नो मत खसाल्न गाउँतिर गएको हुनाले साबिक मिति भन्दा केहि दिन पछाडि सरेको हो ।

पहिले भन्दा यो बर्षको अवार्डको मनोनयन अलि फरक ढंगले हुनेछ । जस्मा सम्पुर्ण फर्म भरेका प्रतिनिधिको नाम लिस्ट प्रोजेक्टरमा देख्न सकिने र तेहि भित्रबाट टप ५ निकालिने छ ।

यसो गर्दा अवार्डको बिश्वस्नियता र अलि बढि बैधानिक अनि बैज्ञानिक हुने सस्थाका सदस्य तथा प्रचार प्रसार सह सम्योजक रामु खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया