Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – सिन्धुपाल्चोक जिल्लामा रहेको पहरी बस्ती निर्माण गर्ने आफ्नो अभियानमा मलाई सहयोग गर्ने सहयोगी दातालाई अभिनेत्री श्वेता खड्काले सम्मान गर्नुभएको छ ।

पुलती सडक स्थित स्टार मलमा रहेको श्री फाउण्डेशनको कार्यालयमा हालसम्म निर्माणमा सहयोग गर्ने ६ जनालाई उहाँले दोसल्ला र सम्मान पत्रका साथ सम्मान गर्नुभएको हो ।

अमेरिकाबाट तीनलाख रुपैयाँ सहयोग गर्ने श्री पराजुली, एकलाख रुपैयाँ सहयोग गर्ने काभ्रेकीशान्ता डाँगी, पचास हजार सहयोग गर्ने सामाखुसीकीशान्ता बस्नेत, जापानमा रहेर पचास हजार सहयोग गर्ने आरोही सुवेदी, हालकोरिया बस्ने काठमाण्डौं अनामनगरका पच्चीस हजार एक सय सहयोग गर्ने ब्रजेश श्रेष्ठ र श्वेताश्री फाउण्डेशनको कार्यालयका लागि एक थान कम्प्युटर सहयोग गर्ने आइटी केयर सोलुसनलाई श्वेताले सम्मान गर्नुभएको हो ।

स्वेताको पहरी बस्तीमा रहेका ६३ घर धुरी सहितबाल बगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माणको लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको छ ।

आउँदो दुई साताभित्र बस्तीको शिलान्यास हुने जानकारी दिदैं श्वेताले प्राप्त सहयोग रकम पारदर्शी होस् भनेर सहयोगीलाई सम्मान गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया