Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

स्कटल्याण्ड – सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यको यो साँझ एक्लै छोडिदेउ मलाई बोलको गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ ।

यो गीत आफुले निकै मन पराएको र लोकप्रिय गीत हरुको सुचिमा पर्न सक्ने सम्भावना रहेको गायक स्वरूपराज आचार्यले बताउनुभएको छ । गीतमा गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै चरा र बादलसंग रम्न दिन आग्रह गर्नुभएको छ ।

स्कटल्याण्डको मनोरम स्थानहरुमा सुटिङ्ग गरिएको म्युजिक भिडियोमा नबिन क्षेत्री र बिना राईको अभिनय रहेको छ भने संगीत संयोजन सन्जीब बराइलीको रहेको छ। म्युजिक भिडियो निर्देशन दिपेश रेग्मीको रहेको छ। म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

 

तपाईको प्रतिक्रिया