Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आव २०७३/०७४ का लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा भूसंरक्षणका लागि रु सात करोड निकासा गरेको छ । प्राधिकरणले भूकम्पले क्षति पुर्याएको गोरखा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ लगायत १४ जिल्लामा सो रकम निकासा गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले आव २०७२/०७३ मा भूकम्प प्रभावित ३१ जिल्लामा रु १६ करोड रकम बराबरको पुनःनिर्माण गरिए पनि आगामी आवलाई रु सात करोड मात्र निकासा गरिएको जानकारी दिनुभयो । आव २०७२/०७३ मा जापान सरकारले दिएको ५०० मेट्रिक टन तारजालीमध्ये ३५० मेट्रिक टन भूकम्प प्रभावित १६ जिल्लामा वितरण गरिएको विभागले जनाएको छ ।

तारजाली वितरण गरिएका जिल्लामा लमजुङ, तनहुँ, कास्की, गोरखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, रामेछापलगायत छन् । विभागले पर्वतीय जलाधारको जलवायु अनुकूलन आयोजनाको कार्यक्रमलाई निरन्तरता दिएको छ । डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ र बाजुरामा जलाधार क्षेत्रभित्रको पानीको सञ्चय र सदुपयोग गर्ने गरी काम अगाडि बढाइएको हो ।

विभागले देशका विभिन्न भागमा गएको बाढी र पहिराको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित जिल्लालाई सञ्चित तारजाली वितरण गर्न पत्राचार गरेको महानिर्देशक उपाध्यायले बताउनुभयो ।

तपाईको प्रतिक्रिया