Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

नेदरल्याण्ड्स– नेदरल्याण्ड्सको युत्रेक शहरमा सम्पन्न पर्यटन मेलामा नेपालको पर्यटनको बिषयमा पनि बिशेष प्रस्तुति भएको छ । नेपाल पर्यटन बोर्ड। सिविआई र अन्य संघसंस्थाहरुले नेपालमा गएको बिनाशकारी भूकम्पपछिको पर्यटन क्षेत्रलाई पुनःस्थापनाको लागि यस मेलामा नेपाल सम्बन्धि बिशेष जानकारी र बृतचित्रहरु प्रदर्शन गरेका थिए ।

3bb98052-d353-41c0-a2a3-fdd9cb093169

युरोपकै ठुलो मानिने पर्यटन मेलामा नेपालको भाषा, संस्कृतिक तथा भेषभुषाको प्रदर्शन गरिएको हो । कार्यक्रममा नेपालले एक स्टल लिएर नेदरल्याण्ड्स लगायत युरोपेली नागरिकहरुलाई नेपाल भम्रण गर्न र सुरक्षित रहेको तथा मुख्य पर्यटकप्य क्षेत्रहरुको बारेमा जानकारीहरु दिइएको थियो ।

8c18925d-29de-4e39-b9f1-b9fdeb16f2d6

जनवरी १२ देखि १७ सम्म ६ दिन चलेको कार्यक्रममा विभिन्न सत्रहरुमा नेपाललाई माया गर्ने र नेपाल पटक पटक गएका डच नागरिहरुहले नेपालको बारेमा प्रस्तुति दिएका थिए । १४ जनवरीमा प्रसिद्ध फोटोग्राफर विम भान पासेलले ‘रिच एक्पेरियन्स विथ डिप इम्प्रेसन’ भन्दै नेपाल प्रवद्र्धन संवन्धमा प्रस्तुतिकरण गरेका थिए । त्यस्तै १५ र १७ जनवरीमा डच नागरिक मार्टिन ओलथोपले एन ‘इन्क्रेडिवल कन्ट्री–राइट नाउ योर जोर्नी मेक्स दि डिफरेन्स’ विषयमा उक्त कार्यक्रममा प्रस्तुतीकरण साथै नेपाली नृत्य आयोजना भएको थियो ।

a1403bb4-e4e1-4d10-9c60-5c651d520c76

प्रत्येक वर्ष चल्ने उक्त पर्यटन मेलामा करिव एक लाख बीस हजार सहभागी भएको जनाइएको छ । कार्यक्रममा उपस्थित भएर धेरै युरोपियन नागरिकहरुले नेपाल जान इच्छुक रहेको बताएका थिए । वेनेलक्सको सवैभन्दा ठुलो पर्यटन मेलाको उद्घाटन सत्रमा बोल्दै नेदरल्याण्ड्सको पर्यटन क्षेत्रका विषेश व्यक्तित्व फ्लोर्चे डेसिङले नेपालको पर्यटकीय क्षेत्रहरूको प्रशंसा गर्दै सवैलाई नेपाल भ्रमण गर्न आग्रह गरेकि थिइन् ।

साथै नेदरल्याण्डसको राष्टिय स्तरको प्रमुख टेलिभिजन प्रशारणमा समेत अन्तरवार्ता दिदै नेपालको पर्यटनको बारेमा समेत प्रवर्दधन गरिएको थियो । कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र विनासकारी भुकम्प पश्चात युरोपेली पर्यटकको संख्यामा आएको कमिलाई बढाउनसहयोग पुग्ने विश्वास रहेको कार्यक्रमलाई नेपालीको तर्फबाट सहयोग गरेका नेपाल पर्यटन बोर्डका प्रतिनिधि शशि पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया