Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

हरियाणा, भारत– एउटा गमलाको मूल्य कति पर्ला रु पाँच सय वा एक हजार वा बढि परेमा १५ सय । तर भारतको हरियाणामा एक घरमा कामदारको रुपमा कार्यरत नेपालीले छिमेकी वकिलको घरको गमला फुटाएकोमा भएको अत्याचार सहन नसकी आत्महत्याको बाटो रोजेका छन् ।

घटना भारत हरियाणा गुडगाउँको हो । भारतीय उच्च अदालतका वकिलको घरमा रहेको गमला गुल्मीको नयाँगाउँ गविसका २१ बर्षिय केशव गमालले भुलवस गमला फुटाएपछि वकिलबाट भएको अत्याचार सहन नसकेर आफूले काम गर्ने घरमा गई झुण्डिएर आत्महत्या गरेका छन् ।

1d52b909-c762-40b5-ae99-65b0300320c9

घर मालिकको गाडी सफा गरि गाडी चलाएर ल्याउने क्रममा भूलवस छिमेकीको गमला गाडीद्दारा फुट्न गएको थियो । छिमेकीको गमला फुटेपछि आक्रोशित वकिलका छोराले उनलाई सबैको अगाडी नराम्रोसंग कुटपिट गरेका थिए । केशवले गमलाको क्षतिपूर्ति तिर्ने बरु आफुलाई केहि नगर्नभन्दा पछि उसले निर्घात कुटपिट जारी राखेपछि केशव विक्षिप्त बनेका थिए । टोलभरीमा मानिसको बीचमा निर्घात कुटपिट भएपनि विक्षिप्त बनेका केशवले त्यसैदिन राति दुईबजे सरमेन्ट रुममा गइ आत्महत्या गरेका थिए ।

abc39dec-bd4c-4184-92f6-2c6c367e6423

घटना भएपछि अर्का नेपाली हरि रोकाले मिडियालाई जानकारी गराई घटना स्थलमा पुलिस अनि नेपाली संघ संस्थाका पदाधिकारी, नेपाली प्रवासी संघका गोपाल थापा र राजु न्यौपाने, नेपाली जनसम्पर्क समितिका बाल कृष्ण पाण्डे, ललित जिसी, मणिराम पाण्डे र नेपाली देश भक्त युवा समाज बाट बाबु रोका मगर, बाबुराम बन्जाडे लगायत अन्य नेपालीहरुलाई बोलाई वकिलको घरमा नारावाजी समेत गरिएको थियो । नेपाली संघसंस्थाका प्रतिनिधिले घटनाको दोषिलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन हरियाणा प्रहरीसंग माग गरेका छन् । उनको शवलाई अहिले स्थानीय मर्चेन्ट अस्पतालमा राखिएको छ ।

94d42636-7f7a-4e18-b34d-04b6c99438f2

घटनापछी घरमालिक वकिल फरार रहेको अन्य कामदारहरुले बताएका छन् । मृतक केशबको घरको आर्थिक अबस्था एकदम नाजुक छ । उनका पिताको मृत्यु भइसकेको छ भने दाजुको पनि दुइ बर्ष अघि दिल्ली स्थित दुर्घटनामा परि मृत्यु भएको छ । घरमा सानो भाई र आमाको रेखदेख गर्दै आइरहेका केशवले पनि आत्महत्या गरेपछि परिवारको अवस्था झनै दयनीय हुने देखिएको छ ।

घटनाको छानबिन गर्ने जिम्मा हरियाणा पुलिसका सब इन्स्पेक्टर मुनिस कुमारले लिएका छन् भने नेपाली संघ संस्थाका सबै पदाधिकारीहरुले पिडित पक्षलाइ न्याय दिलाउनको निम्ति पुरा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया