Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

गैरकानुनी रुपमा जानेको संख्या पनि बढ्यो
दुबई – वैदेशिक रोजगारीका लागि खाडी मुलुकको रुपमा परिचित युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीहरुको संख्या बढ्दो छ ।
अन्य खाडी मुलुकहरुको तुलनामा रोजगारदाताहरुका लागि सर्वसुलभ भएको हुनाले कामदारहरु भित्रिने क्रम ह्वात्तै बढेको हो । अहिले भिजिट भिषा, टुरिष्ट भिषा र इम्प्लोएमेण्ट भिषा लिएर छिर्नेहरुको संख्यामा बढी वृद्धि भएको देखिन्छ । रोजगारीकै लागि यूएई पुग्ने नेपालीहरुको संख्या पछिल्लो समयमा ४ लाख नाघेको अनुमान गरिएको छ । तर, नेपाली राजदुतावास आबुधावीले भने ३ लाख २ हजार मात्र रहेको तथ्याङ्क दिएको छ । श्रोतको अनुसार भारतको बाटो हुँदै गैरकानुनी रुपमा छिर्नेहरुको संख्या बढी छ । यूएई नेपालीहरुका लागि वैदेशिक रोजगारमा जान राम्रो गन्तव्यको रुपमा परिचित छ ।
अन्य शहरमा भन्दा यूएईको मुटु मानिने दुबई शहरमा नेपालीहरुको धेरै संख्या भएको हुनाले नेपाली व्यवसायहरु पनि फस्टाउँदै गएको पाइन्छ । नेपालीहरुले विशेषतः रेष्टुरेण्ट, व्यूटीपार्लर, ट्राभल्स एण्ड टूर्स, कपडा पसल, किराना पसल, इलेक्ट्रानिक पसल, टेलर्सलगायतका व्यवसाय गरेको देखिन्छ । नेपालीहरु यूएईको सरकारी विभाग, प्राइभेट कम्पनी, बैंक, होटलदेखि घरसम्म काम गरेको भेटिन्छ । यूएईमा अन्य राष्ट्रका नागरिकलाई भन्दा नेपालीहरुलाई बढी ईमानदार र परिश्रम गर्ने कामदारको रुपमा चिनिने गर्दछ ।
यसैबीच, यूएईमा कामको शीलशीलामा पुग्नेहरुको संख्या बढेसँगै विभिन्न कारणले ज्यान गुमाउनेहरुको संख्यामा पनि वृद्धि भएको छ । गत वर्ष सन् २०१५ मा मृत्यु हुने नेपालीहरुको संख्या ६४ रहेको नेपाली राजदूतावास अबुधावीले जनाएको छ । यो संख्या सन् २०१३ मा ७० थियो भने २०१४ मा ६३ रहेको थियो ।
बढीजसो मृत्युको कारक दुर्घटना देखिन्छ भने कानुन र नियमको सही पालना गर्न नसक्दा पनि अकालमा ज्यान जानेहरुको संख्या बढ्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया