Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

क्यानडा- विनासकारी भूकम्पबाट क्षति पुगेका विभिन्न विद्यालयहरूको पुनर्निर्माणका लागि क्यानाडाको क्यालगरी स्थित नेपालीहरूको संस्था क्यालगरी नेपाली कम्युनिटी एसोसिएशन (सीएनसीए)ले आर्थिक सहयोग गरेको छ ।
भूकम्पबाट अति प्रभावित गोरखा, धादिङ र भक्तपुर गरी तीन जिल्लाका चार वटा विद्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्राप्त गरेको जनाइएको छ । सीएनसीएले गोरखाको महेन्द्र लीला उच्च माध्यमिक विद्यालयको दश कोठे भवन निर्माणका लागि पन्ध्र हजार क्यानेडियन प्रदान गरेको छ । संस्थाका अध्यक्ष प्रशन्नमान श्रेष्ठ समेतको उपस्थितिमा विद्यालय भवनको शिलान्यास कार्यक्रम हालै सम्पन्न भएको छ ।
यस्तै, मेडिकल मर्सी क्यानाडासँगको सहकार्यमा सीएनसीएले धादिङको नीलकण्ठ नगरपालिकास्थित कालिका प्राथमिक विद्यालय र मैदी गाविसस्थित सँस्कृत उच्च माध्यमिक विद्यालयमा एकएक वटा ४ कोठे भवन निर्माण गर्न सहयोग गरेको हो । यी दुवै परियोजनाको लागि सीएनसीएले मेडिकल मर्सी क्यानाडामार्फत कुल पन्ध्र हजार क्यानेडियन डलर उपलव्ध गराएको छ । भुकम्पले क्षतिग्रस्त भक्तपुरस्थित श्री पद्म उच्च माध्यमिक विद्यालयको भवन पुनर्निर्माणको लागि पनि लायन्स क्लब अफ् काठमाडौं दरबार मार्ग समेतको सहकार्यमा हालै एक सम्झौता गरी क्यानेडियन डलर तेह्र हजार उपलव्ध गराएको छ ।
सीएनसीएका कोषाध्यक्ष दिव्य प्रधानका अनुसार नेपालका भूकम्प पीडितलाई सहयोगार्थ संस्थाले कूल एक लाख दश हजार क्यानेडियन डलर आर्थिक संकलन गरेको थियो । यस किसिमको सहयोग पछिपनि निरन्तर गरिरहने संस्थाका महासचिव ऋषि बस्ताकोटीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया