काठमाडौं– भीरबाट लडेर गम्भीर घाईते भएका काभ्रेपलान्चोक, कात्तिके देउराली–१ का कृष्ण प्रसाद चौलागाईको उपचारका लागि रोजगारीका लागि कोरिया पुगेका कात्तिके देउरालीका युवाहरुले आर्थिक सहयोग गरेका छन ।
कोरियामा रहेका युवाहरुको समुह कात्तिके देउराली समाज कोरियाको पहलमा संकलित ३४ हजार रुपैयाँ उपचाररत घाईतेका आफन्तलाई प्रदान गरिएको हो । कात्तिके देउराली समाज कोरियाका प्रतिनिधि पदम गौतम र राजेन्द्र गौतम अस्पताल पुगेर घाईते कृष्णका छोरा उद्धवलाई सहयोग हस्तान्तरण गरेका थिए ।
गत कात्तिकमा घर नजिकैको भिरबाट लडेर गम्भीर घाइते भएका गौतमको हाल काठमाडौ मेडिकल कलेज सिनामंगलको आइसियुमा उपचार भैरहेको छ । विपन्न परिवारका चौलागाईको अझसम्म होस खुल्न नसकेको र उपचारका लागि आर्थिक समस्या उत्पन्न भएको भन्दै उनको परिवारले थप सहयोगका लागि सवैलाई आग्रह गरेका छन् ।








