Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

साउदीअरब- सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित एवम् कामदारमैत्री बनाउन नसक्दा नेपाली कामदारले विभिन्न समस्या झेल्नुपरेको साउदी अरबमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
वैदेशिक रोजगारीमा देखा परेका विकृति र विसङ्गतिप्रति राज्य गम्भीर नहुँदा प्रवासमा रहेका लाखौं नेपाली श्रमिकले दुःख भोग्नुपरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । साउदी अरबसँग श्रम सम्झौता हुन नसक्दा नेपाली श्रमिक समस्यामा परेको भन्दै उनीहरुले नेपाली श्रम र सीपको उचित मूल्याङ्कनसहित श्रम सम्झौता हुनुपर्नेमा जोड दिएका छन् । साउदी अरबमा क्रियाशील डेढ दर्जनभन्दा बढी सङ्घ संस्थाको संयुक्त आयोजनामा साउदीको दमाममा सम्पन्न भएको ‘प्रवासी श्रमिकका समस्या र समाधान’ विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले सेवा सुविधालाई ध्यानमा राखेर जति सक्दो छिटो श्रम सम्झौता गर्नुपर्ने सुझाव दिए । साउदीमा कार्यरत अधिकांश नेपाली कामदारले अझै पनि सम्झौता अनुरुप न्यूनतम तलब, सेवा सुविधासमेत पाउन नसकेको गुनासो गरेका छन् । प्रवासी श्रमिकले भोग्नुपरेका समस्याका विषयमा राज्य गम्भीर नभएकै कारण नेपाली कामदारले दिनप्रतिदिन पीडा खेप्नु परेको उनीहरुको भनाइ छ ।
कमजोर सरकारी नीति र मेनपावर कम्पनीको लापरबाहीका कारण सम्झौता अनुसारको काम नपाउनु, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने, करार अवधि सकिए पनि स्वदेश फर्कन नपाउने, बिमा अवधिमा समस्या, मानसिक तथा शारीरिक यातना, काम गर्ने सिलसिलामा मृत्यु भएकाको शव पठाउन ढिलाइ हुनेलगायत समस्या साउदीमा व्याप्त रहेपनि समाधानका लागि सम्बन्धित निकायले ध्यान नदिएको उनीहरुको आरोप छ ।

नेपाली कामदारका लागि ठूलो श्रम बजारको रुपमा लिइएको साउदी अरबसँग श्रम सम्झौता भएको खण्डमा हाल देखापरेका सबै खाले जटिल समस्या समाधान हुने सहभागीले विश्वास व्यक्त गरे । श्रमिकको समस्याप्रति साउदीमा रहेको नेपाली दूतावासले चासो नदिएको भन्दै सहभागीहरुले दूतावासको कार्यशैलीप्रति कडा आलोचना गरेका थिए । आपतविपतमा परेका नेपालीको उद्धारमासमेत दूतावासले सक्रियता नदेखाएको गुनासो गर्दे उनीहरुले कार्यशैली सुधार गर्न सुझावसमेत दिए ।
सहभागीहरुले दूतावासमा टेलिफोन सम्र्पक गर्दा फोन नउठ्ने समस्या रहेको भन्दै सहज सम्र्पकको व्यवस्था मिलाउन आग्रह गरे । साउदीमा कार्यरत अधिकांश घरेलु महिला कामदार मानसिक एवम् शारीरिक यातनाबाट पीडित हुनुपरेको भन्दै घरेलु महिला कामदार पठाउने प्रक्रिया पूर्णरुपमा बन्द गनुपर्ने बताए । कार्यक्रममा उठेका जिज्ञासामाथि स्पष्ट पार्दै साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले नेपाली श्रमिकमा देखा परेका समस्या समाधान गर्न दूतावासले प्रयास गरिरहेको बताउनुभयो । उहाँले देशबीच श्रम सम्झौताका लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया