चितवन – रोजगारी तथा अध्ययनको सिलसिलामा बेल्जियममा रहेका चितवनबासी नागरिकको संस्था चितवन सहायता बोष (क्याट) ले बिकट गाउँ लोथरमा रहेको भूकम्प प्रभावित बिद्यालयको पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
चितवनको विकट गाउँ लोथर ७, स्यामराङमा रहेको दुङवाङ राष्ट्रिय प्राथमिक बिद्यालयको भूकम्प प्रभावित भवन निर्माणका लागि क्याटले ७ लाख ५० हजार नगद सहयोग गरेको हो । क्याट बेल्जियमका अभ्यक्ष दिनेशप्रसाद भण्डारीले बिद्यालय भवनको निर्माणमा समन्वय गरिरहेको संस्था ‘हामीले नगरे कसले गर्ने ?’ का अध्यक्ष बिनोदबाबु रिजाललाई सहयोग हस्तान्तरण गर्नुभएको हो । बिद्यालयको दुई कोठे भवन गत बैशाख १२ गतेको भूकम्पले पूर्ण क्षतिग्रस्त बनेको थियो । क्याटकी संस्थापक अध्यक्ष सीता सापकोटाले अत्यन्तै बिकट क्षेत्रमा रहेका चेपाङ वालवालिकाको शिक्षाका लागि सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । कुल १५ लाख रुपैयाँ लागतमा पूनःनिर्माण गर्न लागिएको बिद्यालयमा १ सय ६४ जना चेपाङ समुदायका बिद्यार्थी अध्ययन गर्छन ।
तपाईको प्रतिक्रिया








