दुबर्ई-सिन्धुपाल्चोक सेवा समाजको अायोजनामा यूएर्ईमा वडा दसैंको शुभकामना अादानप्रदानसहित वनभोज कार्यक्रम सम्पन्न भएको छ । एनअारएन एनसीसी यूएर्ईका सचिव पुष्प कार्कीको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापति समाजका अध्यक्ष विदुर न्याैपानेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवी, कलाकार तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
नेपाली राष्ट्रिय गानबाट शुरू भएको कार्यक्रममा समाजका सदस्य विनिता कोइरालाको शुभकामना मन्तव्य रहेको थियो । पहिलो चरणमा अाैपचारिक कार्यक्रम र दोस्रोमा सांस्कृतिक तथा खेलकुद गरी दुइ चरणमा विभाजित कार्यक्रममा स्थानीय कलाकारहरूको वेजोड प्रस्तुतीमा सबै सहभागीहरू रमाएका थिए । रस्सी तान्ने, हाँडी फोर्ने लगायतका खेलहरू खेलाइएको थियो ।
विभिन्न पेशा तथा व्यवसायले विदेशमा रहेर पनि नेपाली चाडवाड मनाउन पाउँदा सहभागीहरू खुशीले रमेका थिए । व्यस्तताको वावजुत पनि कार्यक्रममा उपस्थित सबैमा समाजका अध्यक्ष न्याैपाने धन्यवाद दिनुभयो । समाजका सचिव मनोज नेपालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।***
तपाईको प्रतिक्रिया















