Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

सर्वप्रथम राष्ट्रको कुरा गर्ने या त्यो राष्ट्रका जनताको ? यदि राष्ट्रको कुरा उठाउ भने जनताबिहिन राष्ट्रको के कुरा उठाउनु जनताको कुरा उठाउ भने राष्ट्रविहीन जनताको के कुरा उठाउनु सबै अभावै अभावमा पिल्सिएका नेपाल राष्ट्र र नेपाली जनताको भाग्य नै खोटो छ ।

कसैलाई राष्ट्र चाहिएन क्षेत्र चाहियो, मधेसीलाई पहाडी चाहिएन पहाडीलाई मधेसी चाहिएन, घर भित्रको यो लडाई झगडाको फाइदा छिमेकीले उठाउन पाउनु भएको छ । राजनीतिक उथल पुथल भइरहेकै बेला बैशाख १२ गतेको भूकम्पले दिएको थप पीडासँगै अहिलेको नाकाबन्दीसम्म पुग्दा नेपालीहरुमा एकता अनि देशभक्तिको भावना जन्मन सकेको छैन यो पनि देशको लागि अभाव नै हो । संविधान नबन्दासम्म संविधान बनेन तेरी र मेरी चल्यो, जब धर्मनिरपेक्षको संविधान बन्यो हिन्दु राष्ट्रको माग बढ्यो, अब सरकार गठनको बेला सरकारमा नजाने अडान चलिरहेको छ अनि यसरि बन्छ त राष्ट्र ?

साँच्चै भन्नुपर्दा नेपाल आमाले अझै कुशल नेता जन्माउन सकेकी छैनन् भन्न मिल्दैन किनकी नेपाल आमाले धेरै होनहार छोराछोरीहरु जन्माएकी छन् तर उनीहरुलाई सहि मार्गमा जान नदिने छिमेकीको दवावले नेपाल आमाले अभाव झेल्दै आएकी छन् । छिमेकी राष्ट्र भारतले पनि यो बुझ्न जरुरी छ नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्धमात्र होइन यहाँ माटोको सम्बन्ध पनि उतिकै छ नेपाल भारतको कुनै स्टेट होइन नेपाल अलग्गै स्वाभिमानी नेपाली हरुको राष्ट्र हो । त्यसैले भारतले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप गर्नु सरासर गलत हो भन्ने कुरा सबैलाई अवगत भएकै हो ।

हामीले छिमेकी बदल्न नसके पनि छिमेकीको मनमानी लाइ नकार्न सक्छौ । हुन त अरुको भरमा चल्नु भन्दा मर्नु नै बेस ठानिन्छ तर समयको परिवेससँगै चल्दा दुई ढुंगा बिचको तरुल जस्तो नेपाल भारतमाथि मात्र निर्भर नभई चीनबाट पनि सहयोग लिन सकिन्छ र त्यो मौका पनि यतिबेला नै हो ।

भारतले नाकाबन्द गरेर नेपाल र नेपालीहरुलाई एक पटक चीनसँग पनि मैत्रिपूर्ण सम्बन्ध बनाउने मौका दिएको छ केवल फरक यति हो नेपालीहरुले कसरी सम्बन्ध बलियो बनाउन सकिन्छ तरिका अपनाउने मात्र हो । विभिन्न मिडियाको हो हल्ला हल्लाइमा लागेर डल्ला फोर्नु हुँदैन सत्य कुराको जरोसम्म पुगेर सकारात्मक निचोड लिनु पर्ने बेला आएको छ ।

नेपाल र नेपालीहरुले भारतसँगको राम्रो सम्बन्ध राख्दा राख्दै पनि भारतको दादागिरी, नाकाबन्दी र हिन्दु राष्ट्र बनाउनु पर्छ भन्ने दिएको दवावले विश्वका देशहरुलाई ध्यानाकर्षण गराएको छ। यसले नेपालीहरुलाई एउटा शिक्षा दिएको छ ‘कि गर कि मर’ अबको समय अन्तिम समय हो अब पनि नेपाली राजनीतिक दलका नेता, जनता चुप लागेर बस्ने हो भने भोलिको दिनमा हाम्रो पहिचान मेटिने छ । कयौँ पटक सिमा मिचिएको छ नागरिकताको भरमा देशको अलग राज्य मधेस माग्न लगाउने भारतको षडयन्त्र हो । के यसको बदलामा भारतमा बसेका ८० लाख नेपालीहरुलाई भारतले अलग राज्य दिन सक्ला ? उदाहरणको लागि गोर्खाल्याण्ड नै काफी छ !

अहिलेको समयमा देशको समस्या आम नेपाली जनताहरुलाई राम्रोसँग अवगत नै छ तर ती समस्याका समाधान के हो त ? यसबाट छुटकारा पाउन के गर्दा उपयुक्त होला ? यस सम्बन्धि राजनीतिक पार्टी, नेपाली देशप्रेमी, देशभक्ति युवा र सरोकारवालाहरु संग छलफल र बहस गरि देश विदेशमा रहेका आफ्नो मातृभूमिप्रति अथाह माया गर्ने युवाहरुलाई गोलबद्ध गरि एक तत्र छरिएको शक्तिलाई एकै शुत्रमा बाँधेर देशको सर्वाङिगण विकासको लागि हातेमालो गर्दै र नेपालको उचित नियम कानुनको पालना गर्दै सम्पूर्ण युवाहरुलाई देशको रक्षा र सेवामा एकजुट हुन सरकारले सकारात्मक कदम चाल्नु पर्छ ।

स्मरण रहोस् ‘नेपालले भारतप्रति अहिलेसम्म गरेको उपकार भारतले नेपाललाई कहिल्यै फिर्ता गर्न सक्नेछैन ।

तपाईको प्रतिक्रिया