Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

युएई– युएईमा शुक्रबार भएको फिष्टेल कन्सर्ट २ मा नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति राखेका छन् । भुकम्प, तराई आन्दोलन तथा भारतीय नाकाबन्दी लगायतका खबरले आक्रान्त रहेका युएईमा बस्दै आएका नेपालीहरुले केही बेर सबै कुरा भुलेर कलाकार संगै नाचे ।

चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा बोकेर स्टेजमा देखिएका बादल प्रसाईले दशै तिहारका प्रसंग जोडिएका गित गाएर शुरु भएको फिष्टेल कन्सर्ट २ झण्डै तीन घण्टा चल्यो । यसपाली दशैमा ठुलो दाई आउने रे बोलको गितबाट आफ्नो प्रस्तुती शुरु गरेका प्रसाईले पाँच वटा गित प्रस्तुत गरे ।घन्कायो घन्कायो झिल्केले मादल गाउँदा उनलाई दर्शकले राम्रै साथ दिए ।

प्रसाईपछि कालो स्कर्टमा स्टेजमा छिरेकी स्मृति पोखरेलले नौडाँडा काटी, कस्तो भन तिमि लगायतका गित प्रस्तुत गरिन ।उनको प्रस्तुती कन्सर्टमा औषत खालको थियो । दर्शकलाई नचाउन उनले भरमग्दुर प्रयास गरिन ।

पोख्रेलपछि पालो थियो शिव परियारको । कार्यक्रम संचालक सुशील नेपालले भर्सटाईल सिंगर भनेर परिचय गराएका परियार शान्त रुपमा स्टेजमा छिरे र सबै दर्शकलाई नचाएर बिदा भए ।

केही हप्ता अघि काठमाण्डौमा भएको मोटरसाईकल दुर्घटनामा लिगामेन्टमा समस्या देखिएको बताउदै स्टेजमा छिरेका शिब परियारले उपस्थित दर्शकलाई नचाउन भने कुनै कसर बाँकी राखेनन् ।

ब्याच सिक्सटीन चलचित्रको संगि डुब्दैछु तिम्रो यादमा बोलको गित गाएर आफ्नो प्रस्तुती अगाडी बढाएका शिव परियारले सेन्टीमेन्टल भन्दा फाष्ट विटका गितलाई प्राथमिकता दिए । दुबईमा आफ्नो पहिलो प्रस्तुती भएको बताएका परियार कार्यक्रमको प्रमुख आकर्षण बने ।

बेहोसी पछि त होसमा आउदा क्या दामी भो ।
पिउने म पिलाउनेको पो क्या बद्नामी भो ।

आफ्नो जिवनकै सर्वाधिक चर्चित गीत भन्दै यो गित गाएका शिवले दर्शकको ओन्समोर हुटिङका कारण यो गित दोहोर्‍याउनुपर्‍यो । उनले गालैको कोठी, रोशी खोला लगायतका चर्चित गितहरु प्रस्तुत गरे । पिउदिन भन्दा भन्दै पिलायो साथीले, रुपौली रानी लगायतका गित गाउँदा सबैले नाँचेर साथ दिएका थिए ।

कलाकार तथा संचारकर्मी रमेश क्षितिजले नेपाली कलाकार तथा राजनितिज्ञहरुको आवाजको क्यारिकेचर गरेर दर्शकलाई हसाए । उनले केपी ओली, सुशील कोइराला, बाबुराम भट्टराई लगायतका नेताको क्यारिकेचर गरेका थिए ।

छोटा पहिरन र विवादित शब्द प्रयोग गरिएका गितमा अभिनय गरेका कारण विवादमा तानिएकी ज्योति मगर कार्यक्रमको दोस्रो आकर्षण थिइन् । सबै भन्दा पछिल्लो क्रममा आफ्नो प्रस्तुती राखेकी ज्योतिले जिम्वाल बाको आगनीमा, उही मुलाको चाना, पिरतीमा दम छ लगायतका गित प्रस्तुत गरेर दर्शकलाई नचाइन् ।

पहिरन र हाउभाउले दर्शकलाई उत्तेजित बनाउदै आएकी ज्योतिले गित प्रस्तुत गर्ने क्रममा धेरै जसो दर्शक मोबाईलमा दृष्य खिच्न ब्यस्त देखिएका थिए । तर उनी यस अघिका स्टेज कार्यक्रममा भन्दा केही संयमित देखिएकी थिईन । उनले ढाडे बिरालो, छोटो सारीमा लगायतका गितभने छोटो गाईन ।

प्रवासी नेपाली युवा संघ अल्कुज क्षेत्रीय समिति र क्रियटिभ युथ नेपालको आयोजनामा भएको कन्सर्टको प्रायोजन फिष्टेल ट्राभल एण्ड टुरिज्मले गरेको थियो ।

तपाईको प्रतिक्रिया