Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

अस्ट्रेलिया– शनिबार अस्ट्रेलियाको एसफील्ड पार्कमा सम्पन्न दोश्रो वार्षिक साधारण सभाबाट बुद्धि डल्लाकोटीको अध्यक्षतामा चितवन समाज अष्ट्रेलियाको पुनर्गठन भएको छ ।

उपाध्यक्षमा छवि सापकोटा चयन हुनुभएको छ भने सचिवमा अनिल पोखरेल, सहसचिवमा धर्म अधिकारी, कोषाध्यक्षमा पुरुषोत्तम सडौंला, सहकोषाध्यक्षमा सीता सुवेदी भट्टराइ, जनसम्बन्धमा रोशन घले, सदस्यहरुमा गितेन्द्र सापकोटा, मुकुन्द भट्टराइ, पुर्ननाथ घिमिरे लगायत रहनुुभएको छ । सोही अवसरमा भारतले नेपालमा गरेको नाकाबन्दिको विरोधमा हस्ताक्षर संकलन अभियान पनि चलाइएको नव निर्वाचित सदस्य गितेन्द्र सापकोटाले बताउनुभयो ।

विगत धेरै वर्षबाट सकृय यस समाजले विगतको भुइचालोको बेलामा पनि धेरै आर्थिक सहयोग जुटाएर पुनर्निमाणमा लागेको सापकोटाले बताउनुभयो । साधारण सभामा नै एक लाख डलरको अक्षय कोषको घोषणा गरेको समाजले सोह्र हजार डलर आजै संकलन भएको र बाँकी छिट्टै संकलन गरेर परोपकारको कार्यमा सो रकम खर्च गरिने वहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया