Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

mahilasमस्को– मास्कोमा बसोवास गरिरहेका नेपालीहरुले रुसको सँंस्कृतिक राजधानी सेन्ट–पिटर्सबर्गमा भएको युरेसिया महिला सम्मेलनमा भाग लिन आएको नेपाली महिला प्रतिनिधिमण्डललाई स्वागत गरेका छन् ।

गैरआवासीय नेपाली संघ रुसको आयोजनामा दक्षिण–पश्चिममा अवस्थित ‘पार्क पैलेस’ को रेष्टुराँमा नेपाली महिला नेतृत्रयको भव्य स्वागत भएको हो ।

कार्यक्रममा रुसमा नेपालीहरुका सामाजिक संस्थाहरु गैरआवासीय नेपाली संघ, रुस सीआईएस नेपाल उद्योग वाणिज्य संघ, विश्व नेपाली साहित्य महासंघ रुस, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली नारी निकुञ्ज, नेपाली छात्रसंघ) का प्रतिनिधिहरुका साथै मास्कोस्थित नेपाली राजदूतावास परिवारको पनि सहभागिता रहेको थियो ।

नेपाली राजदूत डा. रविमोहन सापकोटाले नेपालबाट रुसको राजधानीमा आउनुभएका उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्वमन्त्री हिसिला यमी र पर्यटन तथा नागरिक उड्डयन मन्त्री निलम केसीका साथै सहसचिव राधिका अर्यालको परिचय दिनुभएको थियो ।

कार्यक्रममा तीन जना नै महिला नेत्रीहरुले संविधान निर्माणपछिको मुलुकको अवस्थालगायतका विषयमा धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया