Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

सम्मेलनमा सहभागिताका लागि जापानबासी नेपाली समुदायमा अपिल

INLSटोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको हरेक दुई दुई वर्षमा हुने बिश्व साहित्य सम्मेलन यो वर्ष जापानको राजधानी टोकियोमा यही साता हुने भएको छ । पहिलो पटक अमेरिकामा, दोस्रो बेलायत र तेस्रो अमेरिकामा यस्ता सम्मेलन सम्पन्न भईसकेका छन् । सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सबैभन्दा ठूलो कार्यक्रम हो ।

यस पटक हुन लागेको चौथो सम्मेलनमा अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया, क्यानडा, नेदरल्याण्ड, भूटान लगायतका बिभिन्न मुलुकबाट दर्जनौ साहित्यकारहरुले भाग लिने भएका छन् ।

यहि सेप्टेम्वर १९ र २० मा हुने बिश्व सम्मेलनको आयोजना गर्ने जिम्मा भने यसपाली अनेसासको जापान च्याप्टरले पाएको छ । सम्मेलन आयोजनाका लागि अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ को संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ भने त्यस अन्तर्गत बिभिन्न उपसमितिहरुमार्फत तयारीलाई तिब्र पारिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हुने सो सम्मेलनमा त्रिभुवन बिश्वविद्यालयको नेपाली विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको बिशेष आतिथ्यता रहने कुरा अनेसास जापानका अध्यक्ष आलोक चालिसे समुद्रपारिलाई जानकारी दिनुभएको छ ।

सम्मेलनका अवसरमा अनेसास जापानको मुखपत्र ‘साकुरा फुल्दा’ भाग ३ को विमोचन, स्रष्टा सम्मान गरिनुका साथै ‘डायस्पोरामा नेपाली साहित्य’ बारे डा. खगेन्द्रप्रसाद लुइँटेलले र ‘जापानमा नेपाली साहित्यको विकासक्रम’ बारे पत्रकार तिलक मल्लले गरी दुई वटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको अनेसासका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले बताउनुभएको छ ।

साहित्य सम्मेलनको पहिलो दिनको उदघाटन समारोह टोकियोको इकेगामी स्थित इकेगामी खाइकानमा हुने भएको छ भने सम्मेलनको दोस्रो दिन टोकियोको शिनओकुबोमा हुने बिश्व सम्मेलनका संयोजक प्रकाश पौडेल ‘माइला’ ले बताउनुभएको छ । सम्मेलनमा भाग लिनका लागि अमेरिकाबाट अनेसासका संस्थापक केन्द्रिय अध्यक्ष एवं वरिष्ठ साहित्यकार होमनाथ सुबेदी जापान आईसक्नुभएको छ ।

बिश्वभरिका साहित्यकारहरुको एकै ठाउँमा हुन गईरहेको साहित्यिक मेला आयोजना गर्ने अवसर यो वर्ष जापानले पाएको बताउँदै विरलै मुलुकहरुलाई प्राप्त हुने यस्तो अवसरमा सहभागि भई डायस्पोरिक नेपाली साहित्यको चर्चा परिचर्चा र विवेचना गरिने विराट साहित्यिक मेलामा सहभागि भई सम्मेलनको गरिमा बढाईदिन मुल आयोजक समितिका तर्फबाट संयोजक ‘माइला’ले जापानबासी नेपालीहरुमा अपिल गर्नुभएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया