ज्योति मगर लगायत आधार दर्जन कलाकारहरु आमन्त्रित
टोकियो – कोरियाको महान पर्व छुसकको अवसरमा कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाजले साँगीतिक धमाका मच्चाउने भएको छ ।
चर्चाको शिखरमा रहेका करिव आधा दर्जन कलाकारहरुलाई निम्त्याएर म्याग्दी समाजले छुसक बिशेष साँगीतिक धमाका मच्चाउने भएको हो ।
उक्त कार्यक्रमका लागि नायिका नम्रता श्रेष्ठ, हास्य कलाकार मनोज गजुरेल, पप तथा आधुनिक गायक नरेन लिम्बू, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका ज्योति मगर, पपगायक सम्भोज मल्ल र लोक पप गायक गगन पुन आउने भएका छन् ।
म्याग्दी समाजले छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर २६ तारिखका दिन म्युजिकल शो नाम दिईएको साँगीतिक कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रमको तिब्र तयारी भइरहेको सो समाजका वरिष्ठ उपाध्यक्ष आलोक बानियाले सउलबाट समुद्रपारिलाई जानकारी दिए ।
आपतकालिन अक्षय कोष निर्माण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष मुक्ति केसीले बताए । कार्यक्रम राजधानी सोलको दोङदेमुनस्थित फेक चुन्यन किन्यम ग्वान हलमा हुने भएको छ ।
कोरियामा म्याग्दी समाज सक्रिय संघसंस्थाहरु मध्यको एक मानिन्छ । ***








