Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

सउल – खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण सहयोगार्थ खोटाङ सेवा समाज दक्षिण कोरियाले आयोजना सम्पन्न गरेको खोटाङ हलेसी रनिङ कप २०१५ भब्यताका साथ सम्पन्न भएको छ ।

१२ तारिख आइतबार राजधानी सउलको खाङबुक वेल बिङ स्पोर्टस सेन्टरको आकर्षक खेल स्टुडियममा सौहार्दपूर्ण बातारबरण र सफलताको साथ सम्पन्न भएको हो । प्रतियोगितामा गुल्मी सम्पर्क समिति, पर्वत प्रबासी सेवा समाज, स्याङजा परिवार, छन्त्याल परिवार, ठकुरी समाज, कास्की परिवार, सोलु सम्पर्क समिति, तनहुं सम्पर्क समिति, सियोङसी ग्रुप, युनिक भिजन, मेची महाकाली युनाईटेड, म्याग्दी समाज समिति, नेपाल मगर संघ, फाजु समाज, बागलुङ र आयोजक टीम खोटाङ सेवा समाज गरि १६ टीमले सहभागिता जनाएका थिए । खेलको पहिलो चरणमा आयोजक टीम खोटाङलाई गुल्मीले, पर्वतले स्याङजालाई, ठकुरी समाजले छन्त्याल परिवारलाई, कास्कीले सोलुलाई, तनहुंले सियोङसीलाई, युनिक भिजनले मेची महाकालीलाई, म्याग्दी समाजले नेपाल मगर संघलाई र बागलुङले फाजु समाजलाई पछि पार्दै दोश्रो चरणमा प्रबेश गरेका थिए ।

दोश्रो चरणको खेलमा ठकुरी समाज, तनहुं, यनिक भिजन र पर्वत बाहिरिए पछिको सेमीफाईनल खेलमा म्याग्दीले गुल्मीलाई २-१ ले र बाग्लुङले कास्कीलाई २-० को अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेका थिए । समय अभावको कारण प्रति गेम १५ लाई अन्तिम अंक मान्ने गरि राती दश बजे देखि शुरु भएको म्याग्दी र बाग्लुङ बिचको फाइनल खेलमा बागलुङले म्याग्दीलाई २-० को अन्तरले पराजित गर्दै खोटाङ हलेसी रनिङ कप २०१५ चुम्न सफल भएको छ भने म्याग्दी समाज समितिले दोश्रो उपाधी जितेको छ । खेल अबधिभर अनुशासित र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको रुपमा म्याग्दीका पुष्कल पुनले बेष्ट प्लेयरको उपाधी हात पार्न सफल भएका छन । समय अभावको कारण आयोजनामा समाबेश गरिएको भाग्यशाली चिट्ठाको नतिजा भने प्रकाशन हुन सकेन । आयोजकको तर्फबाट दिईएको सुचना अनुसार भाग्यशाली चिट्ठाको नतिजा स्याङजा परिवारको आयोजनामा सम्पन्न हुने भलिबल रनिङ कपमा खोलिने छ ।
खोटाङ सेवा समाजका अध्यक्ष अमृत राईको सभापतित्वमा सम्पन्न खोटाङ हलेसी रनिङ कपको औपचरिक कार्यक्रमका अतिथिहरुमा एनआरएन एशिया प्यासिफिक संयोजक गंगाराज राई, एनसिसीका नव निर्वाचित अध्यक्ष प्रेमकुमार शाह, एनआरएन आईसिसी सदस्य केपी सिटौला, पूर्व एनसीसी अध्यक्ष तथा खोटाङ सेवा समाजका सल्लाहकार लोचन राई र पुर्वाञ्चल सरोकार समाजका संयोजक काजी नेपाल रहनुभएको थियो । पानसमा दीप प्रज्जवलन गरि उदघाटन गरिएको कार्यक्रममा कोरियामा दिबंगत भएका प्रवासी नेपालीहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमको संचालन खोटाङ सेवा समाजका सचिव रामप्रसाद राईको रहेको थियो ।
कार्यक्रममा उपस्थित खेल प्रेमी दर्शकहरु सेलरोटी, तरकारी सहितका मिष्ठान्न परिकारहरुको साथमा बियरको चुस्की संगै प्रतिष्प्रर्धात्मक भलिबल खेलको अबलोकन गरेका थिए भने कार्यक्रमको प्रायोजन शान्ति रेष्टुरेण्ट, दुर्गा ग्रुप, ज्योति रेष्टुरेण्ट, पुर्वाञ्चल सरोकार समाज र डेख्वाङ ईन्जिनियरिङ कम्पनीले गरेका थिए ।

कार्यक्रमको अन्तमा, बिजयी टीमहरुलाई पुरस्कार बितरण गर्दै खोटाङ सेवा समाजका अध्यक्ष अमृत राईले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, मिडियाकर्मीहरु, ब्यापारी, बुद्दिजिवीहरु, बिद्यार्थी लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई धन्यबाद दिनुभएको थियो । ***
KOr 1 Kor 2 Kor 3

तपाईको प्रतिक्रिया