Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

सिड्नी- गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको राष्ट्रिय संयोजन समिति (एनसिसि) अध्यक्षमा सुरेन्द्र सिग्देल निर्वाचित भएका छन् । उनले निवर्तमान सचिव तथा अध्यक्षका प्रत्यासित भरत पोखरेललाई हराउँदै विजय हासिल गरेका हुन् ।

सचिव पदमा भिक्टोरिया राज्यमा ब्यवसाय गरेर बसेका तोनु गोताने विजयी भएका छन् । न्यु साउथ वेल्सको राज्य संयोजक तथा उपाध्यक्ष पदमा दिनेश पोखरेल निर्वाचित भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त जोग लिम्बुका अनुसार एनसिसि सहसचिवमा भिष्म भण्डारी निर्वाचित भएका छन् भने कोषध्यक्षमा डिला खरेल निर्वाचित भएका छन् । आइसिसि सदस्यहरुमा केशव सापकोटा, बालचन्द्र भट्टराई, इश्वर कुईकेल, डा राजु अधिकारी र प्रकास जिसी विजयी भएका छन् ।

एन अनर एन अस्ट्रेलियाको नयाँ कार्यसमितिका लागि शनिबार अस्ट्रेलियाको ८ वटै राज्यमा विहानैदेखि मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया