Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – नेपाली चलचित्रको इतिहासमा सबैभन्दा सफल तथा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ बिभिन्न देशमा प्रदशनी संगै आगामी अप्रिल १० का दिन दुबाईको गोल्डेन सिनेमा हलमा प्रदर्शनी हुने भएको छ।
नेपालमा करिब १२ करोड धेरैको ब्यापार गरेको यो चलचित्र अष्ट्रेलिया, मलेसिया, अमेरिका द कोरिया लगायतका देशमा प्रदर्शन गरिसके पछी यस चलचित्र बिभिन्न अडकलाबाजी होहल्लाका बीच दुबईमा आगामी अप्रिल १० मा प्रदर्शन गर्न तयारी गरिएको छ।

एभरेष्ट इन्टरनेसनल कन्सल्टेनसीका प्रोपाइटर सालिक सुबेदीको लगानीमा ग्लोबल ब्रिज कन्शलटेनटको ब्यबस्थापनमा प्रदर्शनी हुन लागेको हो । कोहिनुरफिलिम युएइको हलमा लाग्ने अगाडि देखिनै हल्ला हुने गरे पनि चलचित्र प्रदशनी हुन नसकिरहेको बेला युएइको नेपाली दर्शकको मागलाई मध्यनजर गरेर प्रदशनीमा ल्याउन लागिएको चलचित्रलाई ब्यबस्थापनमाको जिम्मा लिएका गोबल ब्रिज कन्सल्टेन्टका प्रोपाइटर ज्ञानेन्द्रबहादुर कार्कीले बताए । युएइको लागि चलचित्रको अफिसियल मिडिया पार्टनर न्युज हिमालय तथा प्रवासी अनलाइन खबर रहेका छन ।

चलचित्र अभिनय गरेका बिभिन्न कलाकारहरुको उपस्तिथिमा चलचित्र प्रदर्शन अगाडि नै श्रीकृष्णको श्रध्दाञ्जली अर्पण गरिने आयोजकले बताएको छ ।आकाश अधिकारीले निर्देशन गरेको ‘कोहिनूर’ मा श्रीकृष्ण र पत्नी स्वेताले नै लगानी गरेका हुन् ।

श्रेष्ठको निधन पश्चात उनको अन्तिम फिल्म हेर्न दर्शकहरु हलहरूमा धेरै भिड लागेको थियो ।मुम्बईको कोठीमा जीवन चलाउन विवश नेपाली युवतीको कथामा आधारित यो चलचित्र श्रीकृष्णले आफ्नु चेलीबेटी सम्बन्धि चलचित्र बनाउने सपना रहेको बताउदै आएका थिए। उनले आफ्नो सपना त पुरा गरेरै छाडे तर आफैले हलमा गएर हेर्न नपाई उनको निधन भएको थियो।

श्रीकृष्णले आफ़्नो अन्तिम चलचित्रलाई माया गर्न आफ़्नो कला आफना दर्शकलाई सामपर्ण गरेको बताएको अन्तिम अडियो सार्बजनिक भएपछि नेपाली चलचित्रको इतिहासमा सबैभन्दा बढि सफल चलचित्र बनेको छ । कोहिनुर युएइको सबै सहरमा प्रदशनी गर्ने लक्ष्य लिएको बताईएको छ । ***

तपाईको प्रतिक्रिया