Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

ब्रसेल्स – ‘महिलामैत्री संविधान, हिंसा मुक्त समाजको निर्माण’ भन्ने नाराका साथ बेल्जियमा १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको छ ।

एनआरएन बेल्जियमको महिला समितिको आयोजनामा गत आइतवार भएको सो कार्यक्रममा एनआरएन बेल्जियम की सल्लाहकार सीता सापकोटाले अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास र यसको महत्व बारेमा प्रकाश पार्नुभएको थियो भने प्रमुख अतिथिको आसनबाट एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले महिलाहरु कसैको काँध बनेर होईन आफ्नो क्षमताले अगाडि बढ्नुपर्ने विचार ब्यक्त गर्नुभएको थियो । महिलाहरु फुटेर होईन जुटेर र संकिर्ण बिचार त्यागेर पुरुषको प्रतिष्पर्धामा आउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बिशेष अतिथि एनआरएनका युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले अबको युगमा महिला र पुरुषबीचको विभेद हटाई समान हुन सक्नुपर्नेमा र त्यसका लागि सकारात्मक सोच अपरिहार्य हुने बताउनुभयो । यसैगरी एनआरएन आइसीसी सदस्य जानकी गुरुङले महिलाहरु संकिणतामा होईन ठुलो बिचार लिएर अगाडि बढ्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।

एनआरएन बेल्जियमका पूर्व अध्यक्ष पिजी शेर्पाले नेपालको कानुनले महिला पछाडि पारिएकोले महिलाहरु स्वयमले नै लडेर अधिकार लिनसक्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्ने अधिकाँश महिला वक्ताहरुले बढ्दो हिँसा र यसको न्युनिकरणका लागि आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

एनआरएन बेल्जियमकी महिला संयोजक यशोदा थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा झुना निरौलाको स्वागत मन्तब्य रहेको थियो भने पूर्व महिला संयोजक तथा बेल्जियम एसिया फोरमकी अध्यक्ष लिला शर्मा मानन्धरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया