Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

टोकियो – नेपाली कला र सँस्कृतिको संरक्षण एवं संबर्धनका लागि भन्दै पाकिस्तानमा रहेको नेपाली राजदूतावासले हालै एक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
DSC_0166नेपाली लोक शास्त्रीय समुह सुकर्मले पाकिस्तानको इस्लामावादमा सो सांगीतिक कार्यक्रम सम्पन्न गरेको हो । पाकिस्तानका लागी नेपाली राजदूत भरतराज पौड्यालको बिशेष उपस्थितिमा संचालित कार्यक्रममा सुकर्मको करिब एक दर्जन सांगीतिक प्रस्तुति रहेको थियो । सो समुहका सितारबादक डा. ध्रुबेशचन्द्र रेग्मी, तवलाबादक पण्डित होमनाथ उपाध्याय, सारंगीबादक भरत नेपाली तथा बासुरीबादक उमेश पण्डितले सामुहिक रुपमा प्रस्तुत गरेको संगीतको नेपाली तथा पाकिस्तानी मात्र नभएर अन्य विदेशीहरुले पनि मज्जा लिएको नेपाली राजदूतावास इस्लामावादले जनाएको छ । DSC_0150

इस्लामावादस्थित पाकिस्तान नेशनल काउन्सिल अफ आर्टमा संचालित कार्यक्रममा पाकिस्तान सरकारका उच्च पदस्थ व्यक्तिहरु तथा व्यवसायी, संचारकर्मीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । सुकर्म समुहको अर्को सांगीतिक कार्यक्रम आगामी फागुन २८ गते पाकिस्तानको लाहोरमा हुने समेत जानाकारी गराईएको छ । ***  ST9_0138

तपाईको प्रतिक्रिया