Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

आबुधाबी – नेपाल मगर संघ  युएईले ‘३३ औं मगर एकता दिवस’ सयुक्त राज्य अरबियाको राजधानी आबुधाबीमा विविध कार्यक्रमको आयोजना गरी भव्यरुपले मनाएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारद्वय गायक खड्ग गर्बुजा र गायिका जुना श्रीष मगरले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

khadakआबुधाबीको एयरपोर्ट रोडस्थित अल नाहदा गल्र्स स्कुलको हलमा सम्पन्न उक्त कार्यक्रममा रोजगारको सिलसिलमा युएईमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा लोक गायक गर्बुजाले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकहरुलाई एक घण्टा छमछमी नचाए ।

व्हिल चेयरको सहयोगमा स्टेज उक्लिएका गायक गर्बुजाले मगर भाषाको मौलिक गीत ‘यानी माया’बाट आफ्नो प्रस्तुत सुरु गरेका थिए । उनले स्टेजबाटै केही भावुक मुद्रामा भने, ‘तत्कालिन राज्य प्रशासनले धवलागिरी आसपासका केही क्षेत्रहरुका मातृभाषालाई बन्धक बनाइएका कारण आफ्नै भाषा बोल्न जान्दैन तर मगर भाषाका गीत भने थुप्रै गाउन पाउँदा खुशी छु ।’ ‘धौलागिरीमा काली सुसायो’, ‘बाबरी फुलेको’, ‘झझल्को आइरहन्छ’, ‘डाली पलायो’, ‘हेर्दा हेर्दै कान्छिले’, ‘पञ्चेबाजा’, ‘ख्याल होईन साँचो’, ‘गण्डकी वारी गण्डकी पारी भेडी चरण’लगायतका गीतमार्फ़त दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्न सफल भए ।

khadak1सोही कार्यक्रममा लोक गायिका जुना श्रीष मगर झोर्ले झोर्ले भन्दै स्टेज  के उक्लिएका थिए, दर्शकदीर्घाबाट आएको तालीले हल नै गुन्जायमान बनेको थियो । उनले  ‘लेखै फुल्ने पैयुँ काफल बेसी फुल्ने अमाला, लैजाउ मेरो जवान समाल’, ‘आउ न कान्छा वरवर ढाका टोपी ढल्काइ’, सालैजो, ‘वारी घुम्टी पारी गाजा’लगायत आफ्ना आधा दर्जन गीतहरुमार्फत दर्शकहरुलाई आबुधाबीको चिसोको महसुस हुन दिईनन् ।

कार्यक्रममा मगर कला संस्कृति झल्किने तनहुँ जिल्लामा प्रचलित ठेट कौडा गीत बाजागाजाका साथ लाइभ प्रस्तुति गरिएको थियो । कार्यक्रममा कलाकारद्वय गायक खड्ग  र गायिका जुनालार्इ  प्रमाण पत्र र दाेसल्लाले सम्मान गरिएकाे थियाे ।

junaयुएईका लागि नेपाली राजदूत धनन्जय झाको प्रमुख आतिथ्यता र संघका अध्यक्ष भरत रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रथम सहिद लखन थापाको तस्बिरमा माल्यार्पण पनि गरिएको थियो । ***

तस्बिर : हिरा बुढाथाेकी

तपाईको प्रतिक्रिया