Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

लिभरपुल – बेलायतको म्यानचेष्टर क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका लागि हालै स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

प्रा. डा. सत्य राजभण्डारी र उहाँका सहयोगी नेपाली डाक्टरहरुद्वारा म्यानचेष्टर क्षेत्रमा रहेका नेपालीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

सो अवसरमा चिनी रोग, उच्च रक्तचाप, मोटोपन, उच्च कोलेस्टोरल, मुटुको पक्षघात लगायतका समस्याहरुको परिक्षण तथा परामर्श सेवा दिईएको थियो । प्रा. डा. राजभण्डारीले यी रोगहरुबाट नेपालीहरु ग्रस्त रहेको बताउनुहुँदै चिनी रोग कसरी लाग्छ, त्यसबारे समयमै कसरी पत्ता लगाउने, यसको रोकथाम र उपचार कसरी गर्ने र यसले निम्त्याउने समस्याहरुका बारेमा जानकारी दिनुभएको थियो ।

स्वास्थ्य जस्तो संबेदनशील बिषयमा बढि भन्दा बढि नेपालीहरुलाई समयमै सचेत बनाउन सके यस्ता रोगहरुबाट आफु पनि बच्न सकिने र अरुलाई पनि बचाउन सकिने बिचार ब्यक्त गर्दै प्रा. डा. राजभण्डारीले यस प्रकारका स्वास्थ्य शिविर नियमित आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी समरमा नेपालीहरुको बाक्लो जनघनत्व रहेको सहरमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिने जानकारी दिनुभयो । यो शिविर म्यानचेष्टर यती नेपाली समाज र हेकसनको संयोजनमा भएको थियो ।

डा. राजभण्डारीको नेतृत्वमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा डा. शोभा रोका, डा. रञ्जिता गुरुङ, डा. सेलिना शर्मा, डा. सुरेश पुनलगायतका नेपाली चिकित्सकहरुले सघाएका थिए । ***
suresh 4 suresh 2 Suresh 1suresh 3

तपाईको प्रतिक्रिया