Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – हालै जापान आएकी डिआइडि लिटिल माष्टर्स विजेता तेरिया फौजा मगरले सँधै डान्समा मात्रै ब्यस्त भएको देखेर आफ़्नो पढाई बिग्रने चिन्ता गर्ने संसारभरिका प्रशंसकहरुलाई चिन्ता नगर्न आग्रह गरेकी छिन् ।

समुद्रपारिसंगको कुराकानीमा उनले आफ़्नो क्यारियर र पढाई उत्तिकै प्राथमिकताका साथ सन्तुलन मिलाएर अगाडि बढेको बताईन् । उनले भनिन – ‘मैले पढाईलाई पनि उत्तिकै समय छुट्याएर अगाडि बढिरहेकी छु, चिन्ता नगर्नुहोला ।’

१९ औं लाङ्घाली साँझका लागि जापान आएकी तेरियाले जापानमा आफुले धेरै माया पाएको र यहाँका नेपालीहरु नेपाली गीत र संगीतप्रति निकै झुकाव भएको पाएको बताएकी छिन् ।

कुराकानीका क्रममा तेरियाले आफ़्ना जिजुबाजे, हजुरबुवा, आमा र बुवामा पनि असाध्यै राम्रो नाच्ने कला भएको बताउँदै त्यसैको प्रभाव आफुमा पनि आएको हुन सक्ने स्वीकारिन् ।

तेरियाले आफु एक डान्सर भएकोले नेपाली, हिन्दी, अंग्रेजी लगायतका गीतमा डान्स गर्न सक्ने भए पनि गाउँघरतिर हुने पूजा पाठ, बिबाह ब्रतबन्ध जस्ता अवसरहरुमा मौलिक नेपाली पञ्चेबाजामा उठीबसी गरेर नाच्न असाध्यै मन पर्ने बताईन् । उनीसंग समुद्रपारिले गरेको कुराकानी भिडियोमा हेर्नुहोला ।


तपाईको प्रतिक्रिया