Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

Magar Samajदुवई – नेपाल मगर संघ युएईको भर्खरै सम्पन्न बिशेष महाधिबेशन पश्चात बसेको पहिलो बैठकले मगरहरुको मुख्य चाडपर्व मध्ये माघेसंक्रान्ति युएईको अलएनमा भब्यताका साथ मनाउने निर्णय गरेको छ ।

नेपाल मगर संघ युएई अलएन क्षेत्रिय समितीको आयोजनामा माघेसंक्रान्ति मनाउन लागिएको हो। मगरहरुले बर्ष भरी मनाउने मुख्य चाडपर्वको सूची तयार गरी भागौलिक परिस्थिति र बाहिरी महौलातालाई मध्य नजर गर्दै युएईमा मनाउन सकिने सम्भावित पर्वहरुमा बुध्द पूर्णिमा, भाइटिका, माघेसंक्रान्ति र मगर दिवसलाई प्रमुख प्राथामिकता साथ मनाउने निर्णय गरेको छ ।

मगरहरुको बिभूति रुपमा रहेका प्रथम शहिद लखन थापा मगर स्मृति समारोह र लखन थापा मगर स्मृति कप भलिवल प्रतियोगिता, गायक अरुण थापा मगर स्मृति कप भलिवल प्रतियोगिता र बनभोज कार्यक्रम गर्ने पनि निर्णय गरेको छ। यी बिभिन्न कार्यक्रम आयोजना गर्ने जिम्माको विभिन्न क्षेत्रिय समिति तथा बिभागलाई जिम्मा पनि दिइएको छ।

आउदै गरेको ३३ औ मगर दिवस यस बर्ष आबुधाबीमा यही फेब्रुवरी २७ तारिख शुक्रबार नेपालबाट राष्ट्रिय स्तरका कलाकार नेपाल मगर संघ केन्दीय समिति काठमाडौं संग समन्वय गरी मगाउने र धुमधाम सहित मनाउने निर्णय गरी महाधिबेशन तयारी समिति गठन गरेको छ जसमा बरिष्ठ उपाध्यक्ष ललितमान राना मगर संयोजक, उपसंयोजक उपाध्यक्ष टंक थापा मगर, महासचिव उपेन्द्र राना मगर, कोषाध्यक्ष अमर शेरपुन्जा मगर, सांस्कृतिक बिभाग प्रमुख भुवन थापा मगर र प्रबक्ता रेशम सोमई मगर रहनु भएको छ ।

नेपाल मगर संघ युएईले संस्थाको चौतर्फी बिकासको लागि बिभिन्न बिभागहरुको गठन गरेको छ जस अन्तर्गत संगठन बिभाग प्रमुख बरिष्ठ उपाध्यक्ष ललितमान राना मगर, प्रशिक्षण बिभाग प्रमुख उपाध्यक्ष राजु सिंजाली मगर, कल्याणकारी कोष प्रमुख उपाध्यक्ष भुवन मगर, महिला बिभाग प्रमुख सुनिता राना थापा मगर, खेलकुद बिभाग प्रमुख चन्द्र राना मगर, Magar 1सांस्कृतिक बिभाग प्रमुख भुवन थापा मगर, अनुशासन बिभाग प्रमुख कुम सारु मगर, भाषा तथा भेष भुषा प्रमुख नुरेन्द्र दिसुवा मगर लाइ तोकिएको छ।

केन्द्रीय समितीको बाँकी रहेको केही पदपूर्तीको गर्ने भन्ने निर्णय भए अनुसार ७ जना केन्द्रीय सदस्य थप्ने गर्ने जस अनुसार चन्द्र राना मगर, जंग रेश्मी मगर, प्रदिप थापा मगर, फनेन्द्र आले मगर, बाँकी मुसफाह, सारजहा र अलएन क्षेत्रलाई अझ प्रभावकारी बनाउने उध्देश्यका साथ उक्त क्षेत्रबाट एक, एक जना केन्दीय सदस्यमा थप गर्ने निर्णय गरि जम्मा २७ जना को केन्द्रीय समिती रहने छ। विभागीय प्रमुखहरुले आफ्नो कार्य प्रभावकारी बनाउनको लागी त्यस विभागको लागी सदस्यहरु थप्न पाउने समेत निर्णय गरेको छ। ***

तपाईको प्रतिक्रिया