Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

दुर्वे – हिन्दु धर्मावलम्बीहरुको महान पर्वको रुपमा रहेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा बेल्जियममा रहेका नेपालीहरुले  गत आईतबारका दिन बेल्जियमको दुर्वेमा अवस्थित राधादेश (राधा कृष्ण मन्दिर ) मा बिशेष आजापूजा गरि मनाएका छन् ।

बेल्जियममा बसोबास गर्दै आएका नेपालीहरुले बिगत केहि बर्ष देखि दुर्वेमा अवस्थित राधादेश-कृष्ण मन्दिरमा जन्माष्टमी पर्व मनाउने गरेका छन् । बेल्जियमको लुभेन, आन्त्रोपेन ब्रसेल्स तथा अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरु दर्शनका निमित्त उपस्थिति रहेको उक्त मन्दिरमा केहि बर्ष पहिलेदेखि नै नेदरल्यान्ड, जर्मन, ईन्गल्यांड, जर्मनी, फ्रान्स, मोरिसस, नेपाल, भारत, बंगलादेशका ठूलो संख्यामा हिन्दु धर्मावलम्बीहरुको समेत बिशेष उपस्थिति हुने गरेको छ ।

Belgiumज्यादै नै प्राकृतिक मनोरम स्थानमा रहेको उक्त राधाकृष्ण मन्दिरमा दर्शनार्थीहरुले पूजाआजा सहित कृष्ण चरित्र बारे ज्ञान, दर्शन, भजन, प्रवचन कार्यक्रममा सहभागी भई कृष्ण सन्देशका लागि बनाईएको विभिन्न कलात्मक आकृति तथा भागवत गीताको संदेशमुलक तस्बिरमा अंकित दृश्यहरुको अवलोकन गरेका थिए । अन्य बिशेष दिनहरुमा समेत बिभिन्न देशबाट आएका भक्तजनहरुले मन्दिरको दर्शन गरी प्रभुपदाको बारेमा बिशेष ज्ञान लिई कलात्मक शैलीबाट बनाईएको म्यूजियमको समेत जानकारी लिने गरेका बताईएको थियो ।
Belgium 1

यस बर्ष पनि पाच हजार भक्तजनहरुको उपस्थिति रहेको जनाईएको छ । बेल्जियममा बिगत केहि समय देखि नेपालीहरुको बसोबास बढ्दै गएको छ । बसाई संगै प्रवासमा रहदै गर्दा आफ्नो धर्म संस्कृतिको पनि उत्तिकै महत्व हुने गर्दछ । यस्ता विभिन्न खाले धार्मिक उत्सवहरुमा आफ्नो नेपालीपनको मन्दिरको साथै नेपाली साँस्कृतिक कला झल्कने एक साँस्कृतिक भवनको समेत खाचो टड्कारो रुपमा पर्दै आएको पाईएको छ । ***

तपाईको प्रतिक्रिया