Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

ब्रसेल्स – विगत ५ वर्षदेखि जनस्तरबाट विश्व शान्तिका अग्रदूत तथा नेपाल र नेपालीका राष्ट्रिय विभूति भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल उपर सिर्जित विश्वव्यापी दिग्भ्रमलाई निस्तेज पार्दै विश्वव्यापीरुपमा लुम्बिनीको प्रचार प्रसार र प्रवर्धन कार्य गर्दै आइरहेको लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान अन्तर्गतको बेल्जियम राष्ट्रिय समितिले यही अगस्त ३१ मा बेल्जियमको दोस्रो ठूलो नगर एन्टवेर्पेनको बोर्गोर्होउटस्थित “दे शेल्टर” लाङ्ग्स्ट्राट १०२ मा राष्ट्रिय भेला योजना गर्ने भएको छ ।

अभियानले उक्त भेलाको उदघाटन कार्यक्रम युरोपेली संघका लागि नेपाली राजदूत राममणि पोखरेलबाट गराउने तय भएको जनाएको छ । भेलामा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले अभियानले हालसम्म गरेका कार्यहरु र त्यसबाट प्राप्त उपलब्धिहरुको बारेमा संक्षेपमा प्रकाश पार्ने कार्यक्रम छ ।

उक्त राष्ट्रिय भेलाले अभियानले आगामी वर्ष बुद्ध जयन्तीको सन्दर्भमा ब्रुसेल्समा आयोजना गर्ने अन्तरराष्ट्रिय सेमिनारलाई प्रभावकारीरुपमा सफल बनाउन हाल भएको राष्ट्रिय समिति बेल्जियमको पुनर्गठन गर्नेछ ।

कार्यक्रममा करिव आधा घण्टा लामो बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल सम्बन्धि डकुमेन्ट्री समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । अभियानले बेल्जियमस्थित सम्पूर्ण संघ संस्थाहरुलाई उक्त राष्ट्रिय भेलामा उपस्थित भई नेपालको राष्ट्रिय गौरवको प्रचार प्रसार र प्रवर्धन गर्ने जस्तो महान कार्यमा आ-आफ्नो स्थानबाट सहयोग पुरयाउन हार्दिक अनुरोध गरेको छ ।***

तपाईको प्रतिक्रिया