दुबइ – आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीको अवसरमा दुबईमा युएई (संयुक्त अरब इमरेट्स) ब्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ ।
साहित्यकार तथा स्रष्टाहरुको ठूलो जमघटका बीच भएको कविता प्रतियोगितामा १९ जना स्रष्टाहरुले आ-आफ़्ना कविता तथा गजल वाचन गरेका थिए भने १४ जनाले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगितामा सरोज पाहाङ्गो, तपन घर्ति मगर र साजन राईले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । यसैगरी विवश राई, रुद्र कार्की, सुरेशप्रसाद अर्याल, श्रीकृष्ण राव, बुनु उप्रेती शर्मा, मनोज रुङवाङ्ग र विशङ राईले सान्त्वना पुरस्कार प्राप्त गरे ।
स्रष्टाहरुले खाडिको मरुभूमिमा आफुले देखेका, भोगेका र अनुभव गरेका दुख र वेदनालाई साहित्यिक मालामा उनेर आ-आफ़्ना सिर्जना प्रस्तुत गरेका थिए ।
बिश्व नेपाली साहित्य महासंघ युएई शाखाको आयोजनामा गत शुक्रवार उक्त प्रतियोगिता भएको हो । ***









