Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

अष्ट्रेलिया– डीआईडी लिटिल मास्टर्स– २०१४ तेरिया फौजा मगरले सिड्नीवासी नेपालीको मत जितेकी छन् ।

अधिकांश नृत्य हिन्दी गीतमा प्रस्तुत गरेकी तेरियाले ‘नेपालकी छोरी हुँ म’ नेपाली गीतमा नृत्य गर्दा गडगडाहट ताली पाइन् ।
कनेक्ट नेपाल अस्ट्रेलियाको आयोजनामा भएको उक्त कार्यक्रममा न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत दीपक खड्का र मेघराज श्रेष्ठले जनही १–१ लाख र दिवाकर काफ्लेले १०,००० तेरियालाई प्रशंसा र सम्मान प्रदान गरेका थिए ।

आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य ब्यक्त गर्ने क्रममा तेरियाले आफू आफ्नो कला प्रस्तुत गर्न मात्रै आएको नभएर संसारभरी छरिएर रहेका नेपालीहरुले आफूलाई डिआइडि लिटिल मास्टर्स २०१४ उपाधि जिताएको भन्दै धन्यवाद दिइन् ।

आफू सबैको छोरी भएको उल्लेख गर्दै उनले सबैको यसरी नै माया र सहयोग पाएको खण्डमा नेपालको नाम आगामी दिनमा संसारभरी अझ चिनाउन सक्ने बताइन् ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका ‘लुम्बिनी-वालिका शान्तिदूत’ समेत रहेकी तेरियाले मन्तब्य ब्यक्त गर्ने क्रममा बुद्ध नेपालमा जन्मनु भएकोले आफूलाई नेपाली भन्न पाउनुमा गर्व लाग्ने गरेको बताइन् ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्वारा तेरियालाई प्रदान गरिएको ‘लुम्बिनी वालिका शान्ति दूत’ उपाधी कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा हास्य कलाकार जितु नेपाल (मुन्द्रे) र गायक रामजी खाँड र केही स्थानीय कलाकारहरुले पनि आ-आफ्नो कला प्रस्तुत गरेका थिए । ***

तपाईको प्रतिक्रिया