एशियाबाट क्षेत्रीय उपाध्यक्षमा जापानका प्रकाश पौडेल ‘माईला’
भर्जिनिया -अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय अध्यक्षमा पदम बिश्वकर्मा निर्वाचित हुनुभएको छ । आगामी दुइ वर्षे कार्यकालका लागि विश्वकर्माको नेतृत्व चयन भएको हो । अध्यक्ष लगायत निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई हालै एक समारोहको आयोजना गरी सपथ ग्रहण गराईयो ।
विश्वका ७२ वटा राष्ट्रहरुमा आफ्नो शाखा बिस्तार गरेको अनेसासको २०१४ देखि २०१६ को कार्यकालका लागि नयाँ केन्द्रिय कार्यसमितिको चुनाब सम्पन्न भई अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सपथ ग्रहण समारोह सम्पन्न भएको हो ।
२०० औं भानुजयन्ती तथा बार्षिक साधारण सभाका प्रमुख अतिथि अमेरिकाका लागि कार्यबाहक नेपाली राजदूत ऋषिराम घिमिरेले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा अमेरिका भ्रमणमा रहेका बरिष्ठ प्राध्यापक (समालोचक) डा. खगेन्द्र लुईटेल तथा बिशेष अतिथि साहित्यकार कृष्ण धराबासीको उपस्थिति थियो ।
निर्बाचन प्रमुख बिमल नेपाल (फ्लोरिडा) ले अनेसासको नयाँ केन्द्रिय कार्यसमितीमा निर्बाचित भएको घोषणा गरेका थिए भने निर्बाचन समितिका सदस्यहरु क्रमश तिर्थ पाण्डे (बाल्टिमोर), धनिराम सापकोटा (न्युयोर्क), निर्बाचन पर्यबेक्षकहरु खेम भट्टचन (वाशिंगटन डिसी) तथा डा. भिम कट्टेल (म्यारिल्याण्ड) समेतको उपस्थिति रहेको थियो । अनेसास-बोर्ड अफ ट्रष्टीका अध्यक्ष बरिष्ठ साहित्यकार होमनाथ सुबेदी तथा केन्द्रिय कार्यसमितीका अध्यक्ष श्रीमती गीता खत्रीको पनि उपस्थिति रहेको थियो ।
नयां कार्यकारी समितिमा क्रमश अध्यक्ष पदम विश्वकर्मा अमेरिका, बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली नेपाल, क्षेत्रीय उपाध्यक्ष, उत्तर तथा दक्षिण अमेरिका राम खत्री, अमेरिका, क्षेत्रीय उपाध्यक्ष एशिया प्रकाश पौडेल माइला (जापान), क्षेत्रीय उपाध्यक्ष युरोप सुमलकुमार गुरुङ (बेलायत) क्षेत्रीय उपाध्यक्ष, अष्ट्रेलिया भिमसेन सापकोटा (अष्टेलिया) महासचिव गोबर्धन पुजा (अमेरिका) सचिव श्री प्रकाश नेपाल (अमेरिका) र कोषाध्यक्ष गीता पन्थले सपथ लिएका थिए ।
सो अवसरमा होमनाथ सुबेदी, गीता खत्री, खेम भट्टचन, नवनिर्वाचित अधक्ष्य पदम विश्वकर्मा लगायत बिभिन्न महानुभावहरुले मन्तब्य राखेका थिए । ***
अनेसासको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु:
१) अध्यक्ष – पदम विश्वकर्मा, अमेरिका
२) वरिष्ठ उपाध्यक्ष– राधेश्याम लेकाली, नेपाल
३) क्षेत्रीय उपाध्यक्ष- उत्तर तथा दक्षिण अमेरिका– राम खत्री, अमेरिका
४) क्षेत्रीय उपाध्यक्ष, एसिया– प्रकाश पौडेल माइला, जापान
५) क्षेत्रीय उपाध्यक्ष, युरोप– सुमलकुमार गुरुङ, बेलायत
६) क्षेत्रीय उपाध्यक्ष, अष्ट्रेलिया– भिमसेन सापकोटा, अष्ट्रेलिया
७) महासचिव– गोवर्धन पूजा, अमेरिका
८) सचिव– श्री प्रकाश नेपाल, अमेरिका
९) कोषाध्यक्ष– श्री गीता पन्थ, अमेरिका –



नवनिर्वाचित अध्यक्ष पदम बिश्वकर्माको परिचय मन्तब्य भिडियोमा हेर्नुहोला :








