बेल्जियम – नेपाली काँग्रेसका सँस्थापक नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाको ३२ औँ स्मृति दिवस तथा उहाँको जन्म शताव्दीको उपलक्षमा बिपी कोइराला स्मृति प्रतिष्ठान बेल्जियमले यहाँ एक बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिपी प्रतिष्ठान बेल्जियम र रेड्क्रस बेल्जियमको संयुक्त आयोजनामा महामानव बीपी कोइरालाको वार्षिक स्मृति दिवसको अवसरमा विगत तीन वर्षदेखि नियमित रूपमा गरिँदै आएको उक्त कार्यक्रम यस वर्ष पनि जुलाइ २८ तारिखका दिन बेल्जियमवासी नेपालीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको थियो ।
क्याथोलिक युनिभर्सिटी अस्पताल ग्यासथाउसबर्गको रेडक्रस भवनमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ध्रुवराज पौडेल, सचिव सीता सापकोटा, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरूंग, उपाध्यक्ष बिजय मल्ल, कोषाध्यक्ष नरहरी सापकोटा, एनआरएन युरोप संयोजक अर्जुन श्रेष्ठ, अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य जानकी गुरूंग, नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री, जनसम्पर्क समितिका सह-महामन्त्री विष्णु सापकोटा, जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, राप्रपा प्रवासी नेपाली समाजका महासचिव दीपेन्द्र केसी, व्यवसायी संघका उपाध्यक्ष चेत भट्ट, नवलपरासी समाजका महासचिव हरी सापकोटा, साँग्रिला समाजका परमानन्द सापकोटा, चितवन सहायता कोषका अध्यक्ष पार्वती अधिकारी, हेल्प नेपाल नेटवर्कका अध्यक्ष सहदेव गौतम सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी सो रक्तदान कार्क्रममा भाग लिनेहरूमा ओम शर्मा, भगवती अधिकारी, शिव डाँगी, चिरण खवास, रिजु वैध्य, रफी शाह, लालकाजी गुरूंग, ल्हमु शेर्पा गुरूंग, बिष्णु तिवारी, प्रभा तिवारी, ओम प्रकाश गुरूँग, शान्ति भट्टराइ, कविता थपलिया, याम कुमारी गुरूंग, दिनेश भण्डारी, बिकाश कँडेल, शान्ती काफ्ले, राजु घिमिरे, लक्ष्मी कँडेल, प्रतिमा सापकोटा, इश्वरी कँडेल, लेखादेवी हमाल, सोनी लाम्बा, कमला क्षेत्री, बिष्णुकुमारी गुरूंग, नारायण पौडेल, बिणा केसी, सबिता अधिकारी, विष्णु पौडेल, रेखा तिवारी, सरस्वति कँडेल र आरबी घले हुनुहुन्थ्यो ।
नेपालबाट बेल्जियम भ्रमणमा रहनुभएका रत्ननगर रेडक्रस नेपालका भूपु अध्यक्ष वासुदेव सापकोटा र नवलपरासीकै अर्का अभिभावक शालिकराम सापकोटाको विशेष उपस्थिति रहेको थियो । ***








