Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

आज श्रदेय गायक अरुण थापाको पूण्यतिथि रहेछ । चोट के हो ब्यथा के हो …, भुलुभुलु लाग्यो मलाई…., आंखाको निद खोसिलाने…., सांझको जुन संगै….., म रोएपनि….., जस्ता कालजयी गितहरु गाएर जाने अरुण थापा भने कुलत र नशाको कारणले हामी माझ नभएको पनि १५-१६ बर्ष बितिसकेछ ।

सांच्चै नै यो कुलत भन्ने कुरा पनि अचम्मको हुनेरहेछ । त्यहि नशा कुलतमा नफसेको भए उनको श्रदान्जलीको साटो आज हामी उनका नयां नयां कर्णप्रिय गितहरु सुनिरहेका हुन्थ्यौ । उनको पुरानो भिडियो रेकर्डेड फुटेजको साटो बिभिन्न टेलिभिजन, च्यानलहरुमा प्रत्यक्ष्य उनको अन्तरवार्ता हेरिरहेका हुन्थ्यौ। त्यहि कुलतमा नफसेको भए उनि पनि दिप श्रेष्ठ, प्रेमध्बज प्रधान, जस्तै हङकङ, अष्ट्रेलियाको सुबिधा सम्पन्न स्टेजमा गुनगुनाइरहेका हुन्थे । या त फेरी काठमाडौंको पलेटी सांझको स्टेजमा भुलुभुलु लाग्यो मलाइ सुनाइरहेका हुन्थे ।आधुनिक गीत संगितको भबिष्यको बारेमा कतै एफएम स्टुडियोहरुमा आफ्नो बिचार राखिरहेका पनि हुन सक्थे । नारायण गोपालले पुरानै पुस्ताका अरुण थापालाई उत्तराधिकारीको रुपमा माथिबाट हेरिरहेका हुन्थे ।

तर दुखको कुरा यो सबको अघि अरुण थापा छैनन । उनले आफु भित्रको मानवीय संवेदना, पीडाहरुको ब्यबस्थापन रक्सीले भरिएको गिलासबाट गर्न खोजे । आफुलाइ रक्सीको नशामै दिनरात डुबाए । दुर्भाग्य त्यहि कुलतले गर्दा नै उनको पुण्यतिथि मनाउन विवश छ नेपाली संगित क्षेत्र । आफु कुलतमा फसे पनि धेरै राम्रा कर्णप्रिय गितहरु दिएर गए उनले । एउटा श्रोता र उनको गीतको जबरजस्त प्रशंशकको हैसियतले आजको पूण्यतिथिमा हार्दिक श्रदान्जली अर्पण गर्दछु ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया