टोकियो-आफूले पढेको विद्यालयका लागि केही गरूँ भन्ने उद्देश्य लिएर एक अभियानमा जुटेका वागलुङ जिल्ला काँडेवास जनजागृति उच्च माविका पूर्व विद्यार्थीहरूले विद्यालयमा इ-पुस्तकालय स्थापनाको लागि ९ लाख सहयोग गरेका छन् ।
डेनमार्कमा बस्दै आएका सोमनाथ सापकोटाको अगुवाइमा शुरू भएको अभियानमा अन्य मुलुकमा रहेका पूर्व विद्यार्थीहरूले पनि हातेमालो गरेका हुन् । ई लाइब्रेरी स्थापनाका लागि जापानबाट अर्जुन सापकोटाले ७५ हजार, डेनमार्कबाट सोमनाथ सापकोटाले ५० हजार, कुवेतबाट हिरा दर्लामी, बेलायतबाट अशोक बुढाथोकी, धनबहादुर बुढाथोकी, कृष्ण खरेल, भुवन सापकोटा, नन्दबहादुर, कृष्णप्रसाद सापकोटा, गंगाधर सापकोटा, रेश सलामी,जापानबाट तीर्थनाथ सापकोटा, डिलाराम खरेल, काठमाडौबाट पारस सापकोटा, वेलायतबाट हरि सापकोटा, हङकङबाट यमबहादुर बुढाथोकी, काठमाडौबाट कदम केसी, अष्ट्रेलियाबाट प्रकाश खरेल, स्कटल्याण्डबाट गोविन्द खरेलले जनही २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी जापानमा रहेका बाबुराम सापकोटाले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । जापानमा रहेकी सुनिता गौतम, वसन्त नेपाली, वेलायतमा रहेका गिरिप्रसाद थापा र तुलानाथ कँडेलले २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
बेलायतमा रहेका राजेन्द्र थापा काठमाडौंमा रहेका ऋषिराम सापकोटा, डेनमार्कबाट जयराज चालिसे, अष्ट्रेलियाबाट नारायण खरेलको १५ हजार रुपैयाँ सहयोग रहेको छ । अमेरिकाबाट अर्जुन सापकोटा, रामकृष्ण सापकोटा, बेलायतबाट गंगा गौतम, कृष्ण सापकोटा, जापानबाट यमलाल सापकोटा र भीम केसीले जनही १० हजार रुपैयाँ सहयोग गरेका छन् ।***
तपाईको प्रतिक्रिया








