Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

न्युयोर्क – एनआरएन अमेरिकाको अध्यक्षमा वरिष्ठ कानुन व्यवसायी खगेन्द्र जीसी भारी बहुमतका साथ विजयी हुनु भएको छ ।
बिनोद रोक्का नेतृत्वको समितिले आइतवार साँझ न्युयोर्कमा सार्वजानिक गरेको मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी खगेन्द्र क्षेत्रीले १,९१८ मत प्राप्त गरी विजयी हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी निर्बतमान अध्यक्ष समेत रहेका शिबकुमार राईले ८०८ मत प्राप्त गर्नुभएको छ भने अर्का अध्यक्षका

उम्मेदवार बिष्णुहरी देउरालीले १३६ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा निर्बाचित भएका क्षेत्री बिगत ३० बर्ष देखि न्युयोर्कमा रहेर कानुनी पेशामा सक्रिय अधिवक्ता हुनुहुन्छ । नेपालको गुल्मी जिल्लामा जन्मेका क्षेत्रीले अमेरिकाको कोलम्बीया बिश्वबिद्यालयबाट जेडि गर्नुभएको छ । पेशाले अधिवक्ता रहेता पनि नेपाली समाजका बिभिन्न सामाजिक कार्यहरुमा सक्रियताका साथ सहभागिता जनाउदै आउनुभएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा लोक तिवारी निर्वाचित हुनुभएको छ । उहाँले १००० मत प्राप्त गर्नुभएको थियो । बरिष्ठ उपाध्यक्षका अन्य प्रत्यासीहरु मध्ये घनप्रसाद दवाडीले ७६५ मत, सानुबाबु सिलवालले ८ सय ४२ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा श्री पराजुली १३०६ मत र बनिता कतिला १,१५५ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्ष पदका अन्य प्रत्यासीहरु मध्ये शेशराज खतिवडाले ३६८ मत, सूर्य लम्सालले ७९६ मत र मुकुन्द ढुंगानाले १,०२० मत प्राप्त गरेका छन् ।

यसैगरी महासचिवमा कृष्ण पोखरेल ९२० मत सहित विजयी भएका छन् भने उनका प्रतिद्वन्दी तिलक श्रेष्ठले ६१० मत ल्याए भने प्रेम गुरागाईंले २६७ मत, तिलक श्रेष्ठले ६८५ मत, बाबुराम लामाले ३८५ मत र पुरुषोत्तम बोहोराले ५४३ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा दिल बहादुर श्रेष्ठ १२४० मत प्राप्त गरि विजयी बनेका छन् । सहसचिब पदका अन्य प्रत्यासी मध्ये सतेन्द्र शाहले ५२९ मत, उपेन्द्रराज भट्टले ६२२ मत र नारायण क्षेत्रीले ३०६ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष पदका लागि बेदराज बस्नेतले ८९१ मत प्राप्त गरि बिजयी भनेका छन् ।

सह—कोषाध्यक्ष पदका लागि सन्जिब श्रेष्ठले १६७७ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै प्रबक्ता तथा जनसम्पर्क अधिकारी नारायणबहादुर गुरुङ १०५७ मत, मिडिया कोअडिर्नेटरमा कृष्ण सन्जेल केसी १७४४ मतका साथ विजयी भएका छन ।

सात जनाको बोर्ड अफ डाइरेक्टर पदमा राधा पौडेल १,७५३ मत, विष्णुमान प्रधान १,५६६ मत, बैकुण्ठ खनाल १०२१ मत, धर्म भट्टराइ १०७६ मत, लक्ष्मी बजगाईं १२७८ मत, सरोज श्रेष्ठ १६१६ मत र बलराम थापा १३३१ मत ल्याएर निर्वाचित भएका छन् र यस अघि नै महिला संयोजकमा उमा थापा र युवा संयोजकमा वर्षा मोक्तान निर्विरोध निर्वाचित भैसकेका छन । तीन जना आइसीसी सदस्यका लागि भएको निर्वाचनमा डाक्टर विनोद शाह, राजा घले र नविन शेरचन विजयी भएका छन् । डा. शाहले १८३१, घलेले १५३९ र शेरचनले १३६१ मत ल्याएर विजयी भएका हुन् । नयाँ नेतृत्वका पदाधिकारीहरुलाई आइतबार साँझ नै निर्वाचन प्रमुख विनोद रोकाले प्रमापत्र प्रदान गर्नुभएको छ । करिब पाँच घण्टा लामो पखाईपछि मत परिणाम घोषणा गरिएको थियो । नव निर्वाचित पदाधिकारीहरुलाइ आइतबार नै सपथ गराइएको थियो ।

स्थापना देखि नै अमेरिकामा रहेका नेपालीहरुलाई समेट्न नसकेको आरोप खेपेको एनआरएन अमेरिकामा पहिलो पटक साधारण सदस्यहरुले मतदान गरेर नयां नेतृत्व चयन गरेका हुन् । लगभग ४ हजार साधारण सदस्य रहेको एनआरएन अमेरिकाको निर्बाचन सम्पन्न गर्नका लागि अधिवक्ता बिनोद रोक्का नेतृत्वमा निर्बाचन समिती बनाईएको थियो । १९ सदस्यीय नेतृत्वका लागि ५० जना उम्मेदवारहरु मैदानमा रहेका थिए । मतदान जुन ४ देखि १३ सम्म भएको थियो । ***

तपाईको प्रतिक्रिया