Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – पेरिसस्थित नेपाली राजदूतावासको आयोजनामा बिहिबार साँझ युनेस्कोको मुख्यालयमा सातौं गणतन्त्र दिवस भव्यताका साथ मनाईयो ।

सो अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै कृषिविकास मन्त्री हरि पराजुलीले नेपालमा आएको ठूलो राजनैतिक उथलपुथलले एक नयाँ युगको शुरुआत भएकोले देशको भविष्य उज्वल भएको कुरा वताउनुभयो । उहाँले नेपाल एक कृषिप्रधान देश भएकोले कृषिको राम्रो विकास भएमा देशको भविष्य राम्रो हुने भएकोले नेपाल फ़्रान्ससंग धेरै कुरा सिक्न अपेक्षित रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।
1यसअघि अतिथिहरुको स्वागत गर्नुहुँदै फ़्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले देशमा ६ वर्षअगाडि गणतन्त्रको स्थापना भएको र हाल देश तथा विदेशमा बसेका सम्पूर्ण नेपालीहरुको ध्यान नयाँ नेपाल बनाउन केन्द्रित रहेको कुरा बताउनुभयो । उहाँले गत वर्ष १९ नोभेम्वर २०१३ का दिन शान्तिपूर्ण वातावरणमा संविधान सभाको दोश्रो निर्वाचन सम्पन्न भै हाल देशमा आर्थिक विकासको लागि नयाँ युगमा प्रवेश गरेकोले जनता आफ़्नो देशको प्रगति तथा समुन्नतिमा होमिएको विचार ब्यक्त गर्नु भएकोथियो ।
2

यसैगरी उहाँले विश्वको सर्बोच्च टाकुरा सगरमाथा तथा शान्तिका अग्रदूत भगवान गौतम बुध्दको जन्मभूमि नेपालको भ्रमणमा जानु भै आफ़्नो जीवनमा सार्थकता थप्न पनि राजदूत श्रेष्ठले आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा फ़्रान्सको परराष्ट्र मन्त्रालयका प्रतिनिधी, सार्क मुलुकका राजदूतहरु, म्यानमार, मासेडोनिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, जर्जिया, ग्वाटेमालाका राजदूतहरु, फ़्रान्स, ग्रीस, मोनाको तथा पोर्चुगलमा रहेका नेपाली वाणिज्यदूतहरु, युनेस्कोका उच्च पदाधिकारीहरु, प्राध्यापक, आर्टिष्ट, कलाकारहरु, नेपाली संगठनका अध्यक्ष तथा पदाधिकारीहरु, नेपालका लागी फ़्रान्सका पूर्व राजदूतहरु, व्यापारीवर्ग, फ़्रेन्च गैर सरकारी संगठनका अध्यक्षहरु, फ़्रान्समा लामो समय देखि वसोवास गरिरहेका विभिन्न महानुभावहरु लगायत नेपाली राजदूतावास परिवारको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुरुमा ज्ञातअज्ञात सहीदहरुप्रति एक मिनेट मौन धारणा गरिएको थियो । साथै नेपाल तथा फ़्रान्सका राष्ट्रिय गानहरु पनि बजाईएको थियो ।

सो कार्यक्रममा सुश्री प्रशंसा केसी, सुश्री समिक्षा थापा तथा सुश्री अलिसा गुरुङ तथा बिमल बसेलले आ- आफ़्नो नृत्य प्रस्तुत गरी आगन्तुकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।
4कार्यक्रममा अन्तमा नेपाली परिकारको प्रस्तुती पनि प्रशंसित रहृयो । साथै नेपालको वारेमा देखाइएको भिडियोले पनि पाहुनाहरुको ध्यान तानेको थियो ।

कार्यक्रमको अन्तमा काउन्सेलर तथा उपनियोग प्रमुख श्रीरामवावु ढकाले धन्यवाद ज्ञापन गर्नुभएकोथियो ।***

तपाईको प्रतिक्रिया