Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

सिड्नी – सिड्नीका १५ भन्दा बढी नेपाली संघ, संस्थाहरूले ‘आत्म रुपान्तरणका लागि अन्तर्मनको यात्रा थालनी गरौं, बुद्द शिक्षालाई शान्तिपूर्ण जीवनको आधार बनाऔं’ भन्ने सन्देशका साथ २५५८ औं बुद्ध जयन्ति भब्यताका साथ मनाएका छन् । बुद्ध शिक्षालाई कर्मकाण्डको रुपमा पालन गर्नुभन्दा पनि ब्याबहारिक रुपमा यसलाई उतार्न यो महत्वपूर्ण दिनलाई अवसर र ज्ञान नविकरणको अवसर बनाउनुपर्ने कुरामा सो अवसरका वक्ताहरूले जोड दिएका थिए ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले सो अवसरमा बुद्धका उपदेश दु:ख मुक्तिका कारण हुन् भन्दै उहाँको ज्ञान आजको बदलिंदो परिस्थितिमा र विश्व शान्तिका लागि अपरिहार्य रहेको बताउनुभयो । न्यु साउथ वेल्सका अबैतनिक माहावाणिज्य दूत दिपक खड्काले आधुनिक जीवनका लागि बुद्दका उपदेशमध्यको पञ्चशिल अति नै उपयोगी भएको बताउँदै यो महत्वपूर्ण दिनलाई वोधिसत्वको खोजि गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । यस्तै गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जीवन एक सिकाइ भएको र बुद्ध जयन्तिको अवसरमा सबैले सरल जीवनका सूत्र सिक्न सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक तथा लुम्विनि कपिलवस्तु दिवस अभियान बिश्व कार्यसमिति अस्ट्रेलिया संयोजक निमा ग्याल्जेन शेर्पाले आपसी बन्धुत्व र भाइचाराका लागि यो पटकको बुद्द जयन्ति उदाहरणीय रहेको बताउँदै सहयोगका लागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । तमाङ समाज न्यु साउथ वेल्सका अध्यक्ष अरुण तामाङले विश्व जगतमा बुद्ध जन्मस्थलका बिषयमा गलत प्रचार भएको भन्दै बुद्धको जन्मस्थल नेपालको लुम्बिनि रहेको र संसारका पर्यटकहरू नेपालमा लैजान बुद्धको जन्मस्थल सम्बन्धि सत्य समाचार विश्व समुदाय विच पुर्याउनुपर्ने बताउनुभयो ।

बिदेशमा बसेर बुद्ध जन्मस्थल लुम्बिनी प्रबर्द्धन कार्यमा सक्रियता दर्शाएकोमा सिड्नीबाट सन्चालित नेपाली पत्र, एयु नेपाल, एमएनटिभी, नेपाली टाइम्स र असनेपालन्युज डट कमलाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट प्रदान गरिएको लुम्बिनी-कपिलवस्तु दिवस अभियान मिडिया अवार्ड २०१३ कार्यक्रमका प्रमुख अतिथि राजदूत रुद्रकुमार नेपालले प्रदान गर्नुभयो ।
कार्यक्रमको शुरुमा बुद्ध रिन्पोछेले बुद्द पूजा गर्नुका साथै मानिसको सबैभन्दा ठुलो शत्रु र मित्र दुबै आफ्नै मन भएको उल्लेख गर्दै बुद्ध शिक्षाका बारेमा एक संक्षिप्त प्रवचन समेत दिनुभएको थियो । कार्यक्रम सन्चालक सन्चारकर्मी तथा विपश्वि भीमसेन सापकोटाले हरेक ब्यक्ति बुद्ध बन्ने क्षमता लिएर जन्मने र जीवनमा साधना मार्ग अपनाउँदै सम्यक जीवन मार्फत निर्वाण प्राप्त गर्न सकिने उल्लेख गर्दै सबै माझ विपश्यना ध्यान संचालन गर्नुभयो ।

सो अवसरमा मेलवर्नको यति क्लव प्रथम भएको १८ टिम बिच भएको बुद्धकप् फुटबल र जलजला क्लव पहिलो भएको आठवटा समुहबीच भएको भलिबल प्रतियोगिता, छेलो, म्युजिकल चेयर, बुद्धको जीवनीसम्बन्धि फोटो प्रदर्शनि लगायत एक विशाल शान्ति रयाली समेत सन्चालन गरिएको थियो । बुद्द नेपालमा जन्मिएका हुन् भन्ने ब्यानर सहित सिड्नीको टेम्पेमा संचालित सो शान्ति रयाली विदेशिहरूका लागि समेत आकर्षण बनेको थियो ।

कार्यक्रम आयोजक संस्थाहरूमा नेपाली महावाणिज्य दूतावासको कार्यालय न्यु साउथ वेल्स, लुम्बिनी-कपिलवस्तु दिवस अभियान, बुद्ध दर्शन समिति, तमु समाज, शेर्पा केदुङ अस्ट्रेलिया, तमाङ समाज न्यु साउथ वेल्स,पोखरा समाज, गुठि अस्ट्रेलिया, चिनारि नेपाल,थकाली सेवा समिति, मगर समाज अस्ट्रेलिया, म्याग्दी सेवा समिति, छन्त्याल परिवार, लगायत अन्य संस्थाहरू रहेका थिए । ***

बुध्द जयन्ती सम्बन्धि भिडियो –

तपाईको प्रतिक्रिया